BREAKING: हङकङमा सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ जारी…

न्युज डेस्क / एचकेनेपाल डट कम –

अपडेटः
हङकङ, १९ अगष्ट। हङकङमा मंगलवार रातिदेखि यो वर्षकै सबैभन्दा ठूलो सामुद्रिक आँधी (टाईफून नं. ८) शुरु भएको छ।

हङकङ अब्जरभेटरीले हङकङको समय अनुसार मंगलवार राति १०:४० बजेदेखि सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ (No. 8 Northeast Gale or Storm Signal) शुरु भएको सूचना जारी गरेको थियो।

त्यस्तै, बुधवार विहान १:३० बजे शुरु भएको टाईफून सिग्नल नं. ९ विहान ७:४० मा पुनः टाईफून सिग्नल नं. ८ मा झरेको छ।

फाइल फोटो

टाईफून सिग्नल नं. ८ ले आँधी बेहेरीका साथ भारी वर्षा ल्याउने भएकोले घरभित्र सुरक्षित रहन सर्वसाधारणलाई सूचित गरिएको छ। यो बेला वायुको गति ६३ किलोमिटर प्रति घण्टा वा अधिक रहन सक्ने जनाइएको छ।

टाईफून सिग्नल नं. ८का कारण हङकङका अधिकांश यातायातका सेवाहरु बन्द भएका छन्।

फाईल भिडियोः





Comments

comments

38109