दिल्लीमा मात्रै एकैदिनमा कोरोना भाइरसबाट ११८ जनाको मृत्यु

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ।

दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन्। ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन्। भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन्।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ। भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी वृद्धि भएको छ।

फाइल फोटो

तीव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीहरुले बताएका छन्। त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ। यसअघि पाँच सय रुपैयाँ मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर दुई हजार बनाइएको हो।

त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।

एएनआई/ रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39378