हङकङ आगलागीमा थप १ नेपाली युवतीको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० नोभेम्बर। हङकङ आगलागीमा शुक्रवार राति थप एक नेपाली युवतीको मृत्यु भएको छ।

जीरे खुर्सानी रेष्टुरेण्ट आगलागीमा परेर गम्भीर घाइते भएकामध्ये एक १८ वर्षीया युवतीको उपाचारको क्रममा शुक्रवार राति १० बजे मृत्यु भएको जनाइएको छ।

१८ वर्षीया युवतीको पहिचान भने खुलाईएको छैन। युवतीको मृत्युसंगै हङकङ आगलागीमा मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ।

जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा गत आइतवार साँझ भीषण आगलागी हुंदा ७ जनाको ज्यान गएको थियो।

जीरे खुर्सानी रेष्टुरेण्टमा आगलागी

आगलागीमा ३८ वर्षीय युवाराज कंडेल, १३ वर्षीया कृतिका कंडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ (रेष्टुरेण्ट मालिक) ले ज्यान गुमाएका थिए। घटनामा ११ जना घाइते भएका थिए।

अस्पताल स्रोतले घाइतेमध्ये दुई महिला र दुई पुरुषको अवस्था अझै अति गम्भीर रहेको जनाएको छ। अन्यको अवस्था स्थिर रहेको जनाइएको छ।

लाइभ भिडियो हेर्नुहोस्

भिडियोः जगतअम्बु गुरुङ / HKNepal.com





Comments

comments

39365