कोरोनाबाट हङकङमा थप २ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ डिसेम्बर। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा सोमवार १ घण्टाभित्र दुई जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

ट्युन मुन अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ६९ वर्षीय पुरुषको साँझ ६:१० बजे मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ। ज्वरो च्यापेपछि उनलाई ४ डिसेम्बरमा अस्पतालमा भर्ना गरिएको थियो।

क्वीन एलिजाबेथ अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ७३ वर्षीय पुरुषको साँझ ६:५७ बजे मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ। ज्वरो र श्वास प्रश्वासमा समस्या परेपछि उनलाई १२ डिसेम्बरमा अस्पतालमा भर्ना गरिएको थियो।

फोटो: साचामपो

सम्बन्धित अस्पतालहरूले बिरामीहरूको निधनप्रति दु:ख व्यक्त गर्दै उनीहरूका परिवारका सदस्यहरूलाई आवश्यक सहयोग पुर्‍याउने बताएका छन्।

हङकङमा कोरोनाको चौंथो लहरसंगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। हिजो र अस्ति पनि कोरोना संक्रमित बिरामीको मृत्यु भएको थियो। हङकङमा कोरोना संक्रमितको संख्या ७,६२४ पुगेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39636