अंग्रेजी नयाँ बर्षको सुरुवातसँगै निगमले काठमाडौं हङकङ उडान नियमित गर्ने…

काठमाडौं। अंग्रेजी नयाँ बर्ष २०२१ को सुरुवातसँगै नेपाल वायुसेवा निगमले काठमाडौं हङकङ उडान नियमित गर्ने भएको छ।

४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएसँगै यो पटक नेपाल वायुसेवा निगमको काठमाडौं हङकङ उडानमा एक जना यात्रुको परिक्षण रिपोर्टमात्र कैफियत देखिएको निगमले जनाएको छ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार एक जना यात्रुको रिपोर्टमा मात्र कैफियत देखिएपछि हङकङ एयरपोर्टले आउँदो साताको उडानमा प्रतिबन्ध नलगाउने भएको हो। यो पटक ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएको थियो।

यताबाट लगेका यात्रुको कोभिड १९ परीक्षण रिपोर्ट जाँचमा उता पुगेर चार पटकसम्म कैफियत देखिएपछि निगमले पटक पटक प्रतिबन्ध झेल्दै आएको थियो। पहिले ७२ घण्टाको चाहिनेमा यसपटक हङकङ उडानका लागि यात्रुको ४८ घण्टाको पीसीआर परीक्षण रिपोर्टलाई वैधानिकता दिइएको थियो।

फाइल फोटो

हङकङ एयरपोर्टले चौथो पटक निगमलाई दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएपछि गत सोमबार निगमले वाइडबडीमार्फत काठमाडौं हङकङ उडान गरेको थियो। उक्त उडानमार्फत २ सय ५९ यात्रु हङकङ पुगेका थिए। यो समाचार नेपाल संसार डट कमबाट लिइएको हो।

नेपाल एयरलाइन्सबाट हङकङ जाने यात्रुलाई कोरोना परीक्षणमा कडाइ

काठमाडौं: नेपाल एयरलाइन्सबाट हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने निर्णय गरेको छ।

हङकङ उडान गर्ने यात्रुहरुका लागि जरुरी सूचना !

एयरलाइन्ले एक सूचना जारी गर्दै हङकङ जाने यात्रुका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गराएको हुनुपर्ने बताएको हो।

उडान गर्दा परीक्षण विश्वसनीय होस भन्ने उद्देश्यले परीक्षणमा कडाइ गरिएको एयरलाइन्स स्रोतले जनाएको छ।

हङकङ उडानमा यात्रुमा कोरोना पोजिटिभ देखिएपछि एयरलाइन्सले परीक्षणमा कडाइ गरेको हो। यो समाचार खुलामञ्च डट कमबाट लिइएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39770