महामारीमा अमेरिकाका नेपालीहरुले यसरी मनाए क्रिसमस

विजय थापा , डिसी । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले क्रिसमस अर्थात् इसाई पर्व मनोरंजन र हर्सौल्लास साथ मनाएका छन्। यस पटक महामारीको कारण अलिक पृथक रुपमा पर्वलाई स्वागत गर्दै मनाए।

अमेरिकामा समयको फरक हुने हुनाले दिनभरी नै केही न केही गतिविधि गर्दै मनाएका छन्। यस पटक चिनिया टिकटकको कारणले गर्दा इशाई पर्वमा टिकटकमा बिभिन्न प्रस्तुति गर्न नेपाली समुदाय पनि पछि परेनन । यस पटक साथीभाई,छरछिमेक र अलिक टाडाका नातेदार ,आफन्त ,इष्टमित्र भन्दा पनि सीमित परिवारहरु भेला भै क्रिसमस मनाएका छन्।

.

जस्तो देश उस्तै भेष भने झैँ अमेरिकामा मनाइने थ्यांक्स गिभिंग (धन्यवाद दिवस),ह्यालोविन पर्व लगायत पनि नेपालीहरुले उत्तिकै हर्सौल्लास र मनोरन्जनपूर्वक मनाउने गर्दछन । किनभने अमेरिकामा दोश्रो पुस्ताको लागि पनि उनीहरुको लागि सिकाउनु पर्ने र मनाउनु पर्न हुन्छ।

यसको साथै दोश्रो पुस्ताले नेपाली चाडपर्व परम्पराहरु पनि त्यतिकै उत्साह र उमंग संग मनाउने गरि रहेका छन् । दोश्रो पुस्ताको लागि सबै व्यवस्था गर्ने क्रममा पहिलो पुस्ताले पनि अमेरिकामा मनाइने चाडपर्व मनाउने प्रचलन बढेको छ।

.

साथै अमेरिका रहेका इसाई धर्म अंगाल्ने नेपाली समुदायले डिसेम्बर २५ का दिन जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन्।

अमेरिका रहेका सबै उमेरका नेपाली समुदायले राता लुगा टोपी क्रिसमस रुख ,घर भित्र सजावट,घर बाहिर झिलिमिली गर्दै यस बर्ष अर्थात् २०२० को क्रिसमसलाई बिदा गरेका छन् । साथै नेपाली समुदायले क्रिसमसका दिन विभिन्न परिकारका खाने कुरा बनाई परिवार साथ बस्दै गरेका तस्बिर,श्रब्य दृश्य र भिडियो र टिकटक समेत सामाजिक संजालमा प्रकाशन गरेका छन्।

.

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। यस पटक क्रिसमसको सार्वजनिक बिदा संगै अर्को दिन शनिबार र आइतबार समेत छुट्टीको दिन परेकोले अझ रमाइलो भएको छ।

.

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर पश्चिमी इशाई गिर्जाघर (क्रिस्चियन चर्च)ले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् । अमेरिकामा कोरोना महामारीको अत्यधिक प्रभावमा परेको कारण रोक नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसी)राज्य,काउन्टी र संघीय सरकारले समेत हवाई यात्रा ,स्थलमार्ग र अन्य मार्गबाट यातायात नगर्न समेत आग्रह गरेको छ।

सिडीसीले ठूलो मात्रामा भेला नहुन र समूह नबनाउन समेत चेतावनी दिएता पनि अमेरिकामा लाखौ लाख मानिसहरुले यात्रा गरेका छन् । साथै क्रिसमसको दिन दिईने उपहार रंगीबिरंगी झोलामा राखी आदानप्रदान समेत गरेका छन्।





Comments

comments

39775