हङकङ कोरोना अपडेट : ७३ सङ्क्रमित थपिए, १ जनाको मृत्यु, जोर्डनको लकडाउन क्षेत्रमा फेरि फर्किए १५० जना अधिकारी…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,१५९ पुगेको छ। सङ्क्रमितहरुमा ६९ स्थानीय र ४ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये ३१ पुराना केससंग संबन्धित छन् भने ३८ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा १ महिनाको बच्चादेखि ८९ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आयातित ४ जनामा रूस, भारत, पाकिस्तान र फिलीपिन्सबाट फर्केका रहेका छन्।

आज पनि ५० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

सङ्क्रमितमध्ये निषेधित क्षेत्र जोर्डनमा बस्ने १३ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै, यो मा तेई क्षेत्रमा बस्ने १४ र साम सुई पोमा बस्ने ८ जनामा कोरोना पोजेटिभ देखिएको छ।

भिडियोमा ताजा समाचार अपडेट

जोर्डनको फेरी स्ट्रीटको एक बृद्ध घरमा १ जनामा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत करीव आधा दर्जन कर्मचारी र त्यस भवनका करीव २० जना बासिन्दाले अनिवार्य भाइरस टेस्ट गराउंनु पर्ने भएको छ।

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Block C, Tung Fat Building, 29-35 Kam Ping Street, North Point, 280-28A र 173, Yu Chau Street Sham Shui Po रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,०५६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २२८ जनाको उपचार भइरहेको छ। ३५ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट थप १ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ९४ वर्षीया महिला रहेकी छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ।

फाइल तस्विर

जोर्डन छाडेर भागेकाहरुलाई खोज्दै सरकारी अधिकारीहरु….

लकडाउनअघि जोर्डन छाडेर भागेकाहरुलाई खोज्दै १५० जना सरकारी अधिकारीहरु सोमवार त्यहाँको पूर्व निषेधित क्षेत्रमा फर्केका छन्।

अध्यागमन विभाग, भन्सार र अन्य अनुशासन विभागका अधिकारीहरुले भाइरस टेस्ट नगरी छलेर भागेकाहरु घर फर्केको हुन सक्ने भन्दै खोजबिन गर्न आएका हुन्।

उनीहरुबाट अन्यत्र कोरोना फैलिने डर पैदा भएपछि उनीहरुको खोजबिनलाई निरन्तरता दिएको हो।

सरकारका एक अधिकारीका अनुसार २००० देखि ३००० सम्मले जोर्डन छोडेर भागेका थिए। अधिकारीहरूले ७,००० भन्दा बढीको भाइरस परीक्षण गरिसकेको र भागेर गएका व्यक्तिहरुको ट्र्याकसमेत गरिरहेका छन्।





Comments

comments

40239