रेल सञ्चालनको मिति सरेको सर्‍यै

भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन। यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ।

रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी कानुन नै । भारत सरकारबाट निर्माण भएका भौतिक संरचना पनि अझै हस्तान्तरण भइसकेका छैनन् । असोज २ मा जयनगर जनकपुर कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने भन्दै रेल सेट भित्र्याइएको थियो।

दुवै सेट जनकपुरको इनर्वा स्टेसनको शसस्त्र प्रहशरीको बेसक्याम्प अघि पालले छोपेर राखिएको छ । यसको रेखदेख शसस्त्र प्रहरीले गर्दै आएको छ। कहिलेबाट रेल चल्छ भन्नेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफैं अनभिज्ञ छन्।

फाइल फोटो

तयारी पूरा भए पुस अन्तिमसम्म सञ्चालनमा आउने कम्पनीको भनाइ थियो । तर माघको आधा बित्न लाग्दा पनि चल्ने सुरसार देखिदैंन। भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो।

उक्त रकमको ५ प्रतिशत धरौटीका रुपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरी सकिएके महाप्रबन्धक भट्टराई बताए। आजको कान्तिपुरमा समाचार छ।





Comments

comments

40294