बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ। ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३÷४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ।

फाइल फोटो

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ।

पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुझ्ने कम्पनीले बताएको छ।

दोस्रो र तेस्रो चरणको मल भने चटगाउँ बन्दरगाहबाट प्राप्त भएपछि बंगलादेशकै बंगलाबन्ध बन्दगाहमार्फत रोहनपुर, सिंहवाद हुँदै विराटनगर आइपुग्ने र त्यसपछि वीरगञ्ज र भैरहवालगायत स्थानमा पठाइने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन्।





Comments

comments

40866