हङकङमा नेपाली महिला म्यानेजरविरुद्ध मुद्दा दायर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ मार्च। हङकङ प्रहरीले सोहोस्थित एक रेष्टुरेण्टकी नेपाली महिला म्यानेजरविरुद्ध मुद्दा दायर गरेको छ।

गत राति केन्द्रीय जिल्ला पुलिस इजाजत पत्र इकाई र रणनीतिक इकाईले शेयुङ्ग वानस्थित रेष्टुरेण्ट निरीक्षण गरेका थिए।

फाइल फोटो

निरीक्षणको क्रममा बेलुका १० पछि पनि रेष्टुरेण्ट खुला रहेको पाइएपछि ३० वर्षीया नेपाली महिलामाथि रोग नियन्त्रण तथा रोकथाम (नियमन र निर्देशन) को उल्लंघन गरेको आरोप लागेको हो। पुलिस अधिकारीहरूले उनीबिरुद्ध मुद्दा दायर गरेको छ।

निरीक्षणको क्रममा १० पुरुष र १ जना विदेशी महिला ग्राहक रहेका थिए। उनीहरुलाई रोग नियन्त्रण तथा रोकथामको नियम उल्लंघन गरेको अभियोगमा प्रहरीले फिक्स पेनाल्टी नोटिस जारी गरेको जनाइएको छ।





Comments

comments

41149