विद्यालय सयोगार्थ करीब ८४ लाख संकलन

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, फागुन २ – कास्की जिल्लाको पूर्वोत्तरस्थित थुमाकोडाडा गाविस याङ्जाकोटमा रहेको सीताराम उच्च माध्यमिक विद्यालयको भौतिक, शैक्षिक एवं बृहत्तर विकासका लागि पोखरा १२ माटेपानी सेतीनहरस्थित याङ्जाकोट तमु समाज भवनमा भइरहेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ २०७१ को पाँचौ दिनसम्ममा ८३ लाख ७६ हजार ३०७ रुपैया दान संकलन भएको छ।

महायज्ञमा पाँचौ दिन शुक्रवार मात्रै १२ लाख ४८ हजार ९३९ रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमितिका संयोजक एवं याङजाकोट तमु समाज पोखराका अध्यक्ष क्या.दलबहादुर गुरुङले जानकारी दिए।

महायज्ञका दानवीरहरुलाई सभानायक दानवीर समाजसेवी दुर्गामाया तमु, महायज्ञ मुल आयोजक समितिका संयोजक तिलकबहादुुर गुरुङ, याञ्जाकोट तमु समाज पोखराका अध्यक्ष क्या.दलबहादुर तमुलगायतले दानवीरहरुलाई सम्मानपत्र, दोसल्ला, करुवा सहितबाट सम्मान गरे। दानवीरहरुलाई महायज्ञस्थल आगमनदेखि नै याङजाकोट गाँउको पञ्चै बाजा टोलीसहित फूलमालाले स्वागत गरिएको थियो।

सभानायक समाजसेवी दुर्गामाया तमुले मन्तव्य व्यक्त गर्दै गाँउका विद्यालयहरुले शिक्षा आर्जन गर्ने उच्चमाविको विकासका लागि दानले ठूलो पुण्य लाभ हुने बताइन्। देश विकास, मानवविकासको मुल आधार शिक्षा नै भएकाले सीताराम उच्चमाविको शैक्षिक तथा भौतिक विकासका लागि आयोजित महायज्ञमा सबैको साथ सहयोगको अपेक्षा गरे।

महायज्ञमा दिग्दर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाले संगीतमय प्रवचन गरेको प्रचार प्रसार संयोजक देवीजङ गुरुङले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर गुरुङको अध्यतामा भएको कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी, तमु सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति तमुले तमु सञ्चार प्रचार संयोजक देवीजंग गुरुङ, कार्यक्रम संचालक संयोजक रोशनी गुरुङले गरेका थिए।

सीताराम उच्च मा.वि. याङजाकोट तथा याङजाकोट तमु समाज पोखराको संयुक्त आयोजनामा फागुन ४ गतेसम्म सञ्चालन हुने महायज्ञबाट एक करोड पचास लाख रुपैया संकलन गर्ने लक्ष्य रहेको आर्थिक संयोजक क्याप्टेन दलबहादुर गुरुङले जानकारी दिए।

महायज्ञबाट संकलित दान रकमबाट काहुँ घोताने परिवारका स्वर्गीय मेजर बीरसिंह गुरुङले २०१२ सालमा स्थापना गरेको तत्कालित याङ्जाकोट प्रावि र हालको सीताराम उच्चमावि भवनको जिर्णोद्धार, उच्चमाविसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न, छात्रवृत्ति अक्षयकोष स्थापना गर्न, नर्सरीदेखि नै अंग्रेजी भाषामा शिक्षा प्रदान गर्न, कक्षा ४ देखि नै कम्प्युटर शिक्षा प्रदान गर्न, पुस्तकालय, प्रयोगशाला, खेलकुदको विकासका लागि खेलकुद सामग्री र खेल मैदानको व्यवस्था गरिने उद्धेश्य राखिएको छ र महायज्ञमा ५ हजार एक रुपैया भन्दा धेरै दान गर्नुहुने दानवीरहरुलाई विभिन्न सम्मान गरिने उनले बताए।

महायज्ञमा बिहान पितृउद्धार पूजा पाठ रुद्री, ग्रहशान्ति संगीतमय प्रवचन भइरहेको छ भने दिउसो प्रवचनसँगै पुष्पाञ्जलि आरति एवं प्रसाद वितरणलगायत हुने प्रचार संयोजक देवीजंज तमुले जानकारी दिए। महायज्ञमा सहभागी भई दान गरी पुण्य कमाउन महायज्ञ मुल समितिका संयोजक, सीताराम उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर गुरुङले आग्रह गरेका छन्।





Comments

comments

4353