Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गीतकार सुमाया राईको ‘ तातो हावा ‘ बिमोचित

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
किरात राई यायोख्खाका पूर्व अध्यक्ष एवं त्रिवि मनोविज्ञान विभागका उपप्राध्यापक गीतकार सुमाया राईको गीति एलबम ‘तातो हावा’ को बिमोचन नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राज्ञ गणेश रसिकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ।

तातो हावामा छ वटा गीत समेटिएका छन्। जसमा संगीतकार शान्तिराम राईको चार वटा र पारस मुकारुङको दुईवटा संगीत रहेको छ। जसलाई गायक उदय सोताङ, राजेशपायल राई, अञ्जु पन्त, मिलन अमात्य र भिषण मुकारुङले गाएकाछन्।

तातो हावामा प्रेम, वियोग जस्ता भावका गीतहरु सुन्न सकिन्छ। गीति एलबम तातो हावा बारे बोल्दै समालोचक डा. कृष्णहरि बरालले भने गीतकार सुमाया राईको गीतिकारिता फरक शैली र प्रस्तुतीबाट उद्घाटित भएको छ। समसामयीक लेखन र बैचारिक पद्धतिमा आफ्नो मौलिक शिल्पीद्धारा विचारलाई गीतको माध्यमबाट संप्रेषण गरेर आफ्नो दह्रो उपस्थिति गीति क्षेत्रमा देखाउनु अत्यन्तै राम्रो कुरा हो।

एल्बमका संगीतकार तथा प्राज्ञ शान्तिराम राईले शब्दलाई संगीतमा न्याय दिन आफ्नो ज्ञान र विवेकले सके जति कुनै कन्जुस्याइँ नगरेको खुलासा गरे। प्रमुख अतिथि गणेश रसिकले गीतले बोकेको मर्म र भावलाई संगीतले समात्न सकेको हुँदा तातो हावा जीवन्त बन्न सकेको कुरामा कुनै सन्देह नरहेको कुरा व्यक्त गरे।

कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष यसोदा राईलगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा लण्डनबाटै गीतकार सुमाया राईले प्रत्यक्ष भाईबरको सहायतामा सम्बोधन गर्दै उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेको थिए।





Comments

comments

4317