Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुख्यात डनहरूको पक्षमा वकालत गर्ने वकिलहरू…

देशका कुख्यात डनका कानुनी सल्लाहकार पनि नाम चलेकै वलिक छन्। गत २१ साउनमा गुन्डागर्दीका नाइके दिनेश अधिकारी चरीको इन्काउन्टर घटनाको चर्चित अधिवक्ताद्धय शम्भु थापा र टीकाराम भट्टराईले सार्वजनिक रुपमा विरोध गरे।

प्रहरीले सुरु गरेको गुन्डागर्दीविरुद्धको अक्रामण अभियानविरुद्ध उनीहरुले राय राखे। सम्पत्ति सुद्धीकरण अनुसन्धानको मुद्धा परेका गुन्डागर्दीका ५ नाइकेको कानुनी सल्लाहकारमा पनि नाम चलेका वकिल छन्। गणेश लामाको मुद्धा चर्चित अधिवक्ता शेरबहादुर केसीले हेर्दे आएका छन्।

उनीसहित योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी लामाका वकिल हुन्। त्यस्तै अभिषेक गिरीको गणेश केसी र योगेन्द्रबहादुर अधिकारी र सुवास द्धिवेदी छन्। गिरीका वकिल गणेश केसी अपहरण केसमा समेत मुछिएका छन्। काठमाडौं खानेपानी लिमिटेडका कर्मचारी अच्यूतप्रसाद रेग्मीको अपरहणमा उनी मुछिएका हुन्।

त्यस्तै पर्शुराम बस्नेतको कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्की छन्। कार्की सहित टीकाराम भट्टराई, हरिश्चन्द्र सुवेदी र नारायण देवकोटा बस्नेतका वकिल हुन्। चक्रेको कानुनी सल्लाहकारमा डेमोक्रेटिक लर्यस एसोसिएशनका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ छन् । दीपक मनाङगेको वकिलमा टीकाराम भट्टराई सहित एगराज पोखरेल, ऋषिराम घिमिरे, ईश्वर अधिकारी , श्रीराम दवाडी, गोलकुल भण्डारी तथा सीताराम अधिकारी छन्। आजको नयाँ पत्रिकामा समाचार छ।





Comments

comments

953