Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेरि टुक्र्याइयो दुई मन्त्रालय, मन्त्रीको जिम्मेवारी हेरफेर

मन्त्रिपरिषद्ले शुक्रबार पनि दुई मन्त्रालय टुक्रयाएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर वाणिज्य र आपूर्ति छुट्टाछुट्टै मन्त्रालय बनाइएको छ। कृषि विकास मन्त्रालय टुक्रयाएर कृषि र पशु मन्त्रालय बनाइएको हो।

सरकारले बिहीबार मात्रै विभिन्न मन्त्रालय टुक्रयाएर दुईवटा नयाँ मन्त्रालय बनाउने निर्णय गरेको थियो। शुक्रबार थपिएका मन्त्रालयसहित अब मन्त्रालय संख्या ३० पुगेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सरकारले ‘ओ एन्ड एम सर्भे’विनै मन्त्रालय थप गरेको हो । कानुनअनुसार संगठन तथा दरबन्दी थप गर्नुपर्दा अनिवार्य रूपमा ‘ओ एन्ड एम सर्भे’ गर्नुपर्ने प्रावधान छ । नयाँ संविधानमा भने २५ मन्त्रालयभन्दा बढी बनाउन नपाइने उल्लेख छ।

कृषि विकास मन्त्रालयबाट पशु विकास मन्त्रालय बनाउँदा जिल्ला तथा इलाकास्थित कार्यालयसम्म विभिन्न प्रशासनिक तथा विकास खर्च गरी वार्षिक एक अर्बजति खर्च हुने प्रशासकहरूको भनाइ छ । त्यस्तै, वाणिज्य तथा आपूर्तिबाट आपूर्ति मन्त्रालय बनाउँदा थप भएको अर्को मन्त्रालयका लागि वार्षिक २० करोडभन्दा बढी खर्च हुने देखिएको छ।





Comments

comments

Leave a Reply

10190