हङकङमा यो बर्षकै पहिलो अत्यधिक चिसो दिन, ताई मो शानको तापक्रम पुग्यो माइनस २.४ डिग्री सेल्सियस…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जनवरी। हङकङ अब्जर्भेटरीले यो बर्षको पहिलो अत्यधिक चिसो दिनको रेकर्ड गरेको छ। हङकङको सबैभन्दा अग्लो डाडाँ ताई मो शानको तापक्रम आज बिहान ६ बजे माइनस २.४ डिग्रीमा झरेको जनाएको छ।

File Photo

आज बिहान विभिन्न जिल्लाको तापक्रम ६ डिग्रीको हाराहारीमा झरेको छ। हङकङ अब्जर्भेटरीले आज (२३ तारिख) बिहान ७ बजे चुन वान, वोङ ताई सिन र शिङ मुन भ्यालीको तापक्रम ६.४ डिग्री रेकर्ड गरेको छ। त्यस्तै, शाम शुई पो ५.४ डिग्री, क्वुन तोङ र ट्युन मुनको तापक्रम ५.३ डिग्री रेकर्ड गरेको छ।

ताई मो शानको प्रवेशद्वारमा माइनस ०.३ डिग्री तापक्रम रेकर्ड गरिएको छ। तस्बिर खिच्न पत्रकारलाई मात्रै प्रवेश दिइएको छ भने नागरिकलाई जान रोक लगाइएको छ।

अग्नी नियन्त्रकले हङकङबासीलाई तुषारो वा हिउं हेर्न डाडाँ र पहाडहरुमा नजाना चेतावनी दिएको छ। उसले २०१६ को घटना दोहोर्याउनबाट बच्नको लागि चेतावनी दिएको छ, त्यसबेला करीव १०० मानिसहरू बरफ सडकका कारण ताइ मो शानमा फसेका थिए।

त्यस्तै ड्राइभरहरूलाई सम्भावित हिउँको मौसमका कारण चिप्लो सडकमा बिस्तारै गाडी चलाउन सुझाब दिइएको छ।





Comments

comments

102284