Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जर्मनीमा नेपाली कलाकारहरुको साथमा नयाँ बर्ष मनाइदै

गैर आबासीय नेपाली संघ जर्मनीले नयाँ बर्षको अबसरमा निम्न स्थान, मिति र समयमा साँगीतिक कार्यक्रम राखेकोछ। उक्त कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित कलाकारहरु मिलन अमात्य, शिव परियार, सन्जीब क्षेत्री, रिता थापा र राजेश पाण्डे तथा जर्मनीकै कलाकारहरु बेल गुरुङ (एनआरएनए एवेन्टकोर्डिनेटर)र प्रेम सिङ गुरुङ (एनआरएनए माहासचिव), चन्द्र श्रेष्ठ, आष्मा कंडेल, नानु लामा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।

डिसेम्बर ३१ तारिख बेलुका ९:३० देखि शुरु हुने उक्त कार्यक्रममा बिभिन्न थरिका लोकगीत र नृत्यहरु प्रदर्शन गरिने छन्। साथै उक्त कार्यक्रमको अन्त्यमा मनोरन्जनको लागि नेपाली डिस्को समेत चल्ने छ।

सांगीतिक कार्यक्रम जर्मनीकै महत्वपूर्ण शहर ब्रेमेनमा अबस्थित त्यहाका पुरानो नेपाली ब्यबासायी मिलन पन्तको रेस्टुरन्टमा सम्पन्न हुनेछ। विद्यार्थी र अन्य स्थानीय नेपाली तथा जर्मनहरुको सहभागीतालाई ध्यानमा राखेर आयोजना गरिएको उक्त कार्यक्रमको शुल्क केबल १० युरो राखिएको छ भने त्यसै शुल्कमा बेलुकाको डिनरको पनि ब्यबस्था गरिएको छ।

कार्यक्रम हुने स्थान: Zum Schoofmoor 7 28865 Lilienthal Bremen
समय: 21:30
टेलेफोन: 01744653494 (Bel Gurung )

नयाँ बर्षको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा इच्छुक सबै जर्मनबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।

नब राज रोस्यारा
अध्यक्ष
गैरआबासीय नेपाली संघ जर्मनी





Comments

comments

Leave a Reply

10257