Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नयाँ थपिएका राज्यमन्त्रीहरुको जिम्मेवारी टुंगियो

नयाँ कार्यविभाजन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अब ३१ वटा मन्त्रालय रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालयसहित २७ वटा मन्त्रालय थिए।

प्रधानमन्त्री केपी ओलीले ३१ मन्त्रालय बनाएर राज्य र सहायक गरी मन्त्रीसंख्या ४० पुर्‍याए। प्रधानमन्त्री ओलीले शुक्रबार एमालेका तर्फबाट नियुक्त ६ जना राज्यमन्त्रीलाई नौ दिनपछि पद तथा गोपनीयताको शपथ खुवाए। शपथसँगै उनीहरूको कार्यविभाजन पनि तोकिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीमध्ये दिनेशचन्द्र यादवलाई खानेपानी तथा सरसफाइ, दामोदर भण्डारीलाई अर्थ, बलबहादुर महतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, नरदेवी पुनलाई पशु विकास, मञ्जुकुमारी चौधरीलाई सहरी विकास र दीपनारायण साहलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी तोकेका छन्।





Comments

comments

Leave a Reply

10338