Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी पक्राउ परे मोस्ट वान्टेड गुरुङ

विराटनगर– डाँका, लुटपाट र ज्यान मार्ने उद्योगसमेतका तीनवटा ठूला अपराधमा संलग्न रहेर फरार बनेका एकजनालाई प्रहरीले मोरङको बयरवनबाट बिहीबार राति पक्राउ गरेको छ।

बयरवन ५ का २५ वर्षीय गणेश भनिने विकास गुरुङलाई गाउँबाटै पक्राउ गर्न इलाका प्रहरी कार्यालय पथरीको टोली सफल भएको हो। प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर उनलाई लामो समयदेखि खोजी गरिरहेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।

पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले डाँका, लुटपाट र ज्यान मार्ने उद्योगका फरार अभियुक्त गुरुङलाई गाउँमा आयोजना गरिएको कार्यक्रम हेर्न आएको मौका छोपेर पक्राउ गरिएको बताए।





Comments

comments

Leave a Reply

10592