कतारमा यसरी मनाइयो माघे सकराटी (संक्रान्ति)

बिजय कुमार मगर / एचकेनेपाल डट कम –
दोहा कतार। मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे मगर सकराटी—२०१६ नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष शेर बहादुर रोकामगरको संयोजकत्वमा संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, नेपाली राजदूतावासका द्धितीय सचिव नितेश कुमार सापकोटाको प्रमुख आतिथ्यमा र संस्थाका केन्द्रिय महासचिव बिजय मगरको संचालनमा माघे मगर सकराटी — २०१६ बनभोज तथा बिविध सास्कृतिक कार्यक्रम गरेर मिति १५ जनवरी २०१६ मा मगर तथा गैरमगरहरुको ब्यापक सहभागीतामा मगर परिकारहरु सेलरोटी, तरुल, अचार, फलफुल, खाना लगायतका खानपिनका साथमा समाल पब्लिक गार्डनमा करिव १५०० जनाको हाराहारीमा बृहत रूपमा माघे मगर सकराटी २०१६ मनाइएको छ।

कार्यक्रममा बिशिष्ट अतिथिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष सियाराम चौधरी, एन.आर.एन.ए (आई.सि.सि)को संरक्षक सदस्य डा. देवकाजी ड्गोल , एन.आर.एन.ए( आइ.सि.सि ) को गल्फ सह संयोजक उमेश अधिकारी, एन.आर. एन. ए ( आइ. सि. सि ) सदस्य बिनोद भट्टराई, एन. आर. एन. ए (आई. एन. सि) कतारको अध्यक्ष विनेश तामाङ र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो।

त्यसैगरि अन्य अथितिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आबद्ध मातृसंस्थाहरु किरात याक्थुम चुम्लुङ, किराँत राई यायोख्खा, तमु गुरुङ समाज,नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारी सभा, प्रवासी भुजेल सेवा, सुनुवार सेवा, माझी सेवा, महिला समाज कतार तेसैगरि बुद्धिजिवि, समाजसेवी, र ब्यबसाहीहरु कतारमा स्थापित विभिन्न राजनीतिक दलका संस्थाहरु, जिल्ला बासी र सामाजिक संस्थाहरु, अन्य जातीय तथा धार्मिक संघ सस्थाहरु, कला तथा साहित्यिक सस्थाहरु, नेपाल मगर संघ,शाखा कतारका संस्थापक सदस्यहरु, सल्लाहकारहरु र एरिया समितिहरुका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए।

अतिथिहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षद्धारा संयुक्त रुपमा व्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाईसकेपछि प्रथम शहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झना गर्दै मौन धारणा गरेको थियो भने उपस्थित सम्पूर्णलाई स्वागतका साथै मगर माघे सकराटी २०१६ को बारेमा जानकारी कार्यक्रम संयोजक शेर बहादुर रोका मगरले मनतब्य राख्नु भएको थियो।

कार्यक्रम सफल बनाउनका निम्ति यातायातमा संयोजक खिम राना मगर, स्वयंसेवक संयोजक बिबेक पुलमी मगर ,खाना नस्ता संयोजक अभिमत पुन मगर, महिला संयोजक इशोरा थापा मगर, आर्थिक संयोजक केशब राना मगर सचीवलय संयोजक बिजय मगर, सास्कृतिक संयोजक रबि पुलामी मगर खेलकुद संयोजक खिम राना मगर र सम्पुर्ण कार्यक्रमको उप संयोजक लिलम्बर चिदी मगर हुनुहुन्थ्यो।

कार्यक्रममा सम्पूर्ण जिल्लाबाशी संस्थाको प्रतिनिधि गर्दै धनकुटा सेवा समाजका का .वा अध्यक्ष ललित सुब्बाले माघे सकराटीको शुभकामना ब्यक्त गर्नु भएको थियो । एन.आर.एन.ए ( एन.सि.सि ) कतारका नवनिर्वाचित अध्यक्ष बिनेश तामाङले माघे सकराटीको शुभकामना मन्तब्य राख्नु हुँदै भन्नुभए नेपाल मगर संघ, शाखा कतारले बृहत रुपमा मनाएको माघे सकाराटी कार्यक्रम सफल रहेको साथै परदेशमा पनि आफ्नो कला सस्कृती र चाड लाई बचाइ राख्नु सफल रहेको खुशी प्रकट गर्नु भयो । त्येसै गरि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीले माघे सकरटी मगरहरुको मात्र नभएर थारु, नेवार, किंरातीहरु,हिन्दुहरुको पनि एकदमै महत्व राख्ने चाड रहेको जानकरी गराउनु हुँदै माघे सकराटीको शुभकामना दिनु भयो।

रिभर थापा मगर कतारको मगरहरुको निम्ति २०१६÷२०१७ का बाङ ( राजा ) चुनिए

मगरहरु को ईतिहासिक दौडेर बाङ ( राजा ) छान्ने परम्परालाई नेपाल मगर संघ, शाखा कतारले निरन्तरता दिदै आइरहेको छ । नेपाल मगर संघ, शाखा कतारले माघे सकराटी— २०१६ को अवसर पारेर मिति १५ जनवरी २०१६ आयोजना गरेको कार्यक्रम माघे सकराटी–२०१६ मा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रिय समितिका सदस्यहरु एरिया समिति कार्यसमितिका सदस्यहरु सहभागीहरु मध्य उमसलाल एरिया समितिका सदस्य रिभर थापा मगरले सम्पुर्ण सहभागीहरु लाई जितेर २०१६ ÷ २०१७ का लागि बाङ ( राजा ) चुनिनु भयो । बाङ ( राजा ) चुनिएका रिभर थापा मगरलाई नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर ले फेटा लगाएर र अबिर दलेर सम्मान गर्नु भयो बधाई तथा शुभकामना दिनु भयो।

सांस्कृतिक कार्यक्रमको रौनक
कार्यक्रममा विविध मगरहरुको सास्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, झ्याउरे, सोरठी, फिल्मी गित, चुडका, भुम्या, लोक गीत र मगर गितमा नेपाल मगर संघ, शाखा कतारको कला तथा सास्कृतिक बिभागका कलाकारहरुले प्रस्तुत गरेका थिए भने उक्त नृत्यका निर्देशन जनक थापा मगर, प्रबिन राई (जेरि), बबिन राई, अभिमत पुन मगर, बिजय कुमार मगर, डि एन मगर, टेक रसाइलीले गर्नु भएको थियो भने सांस्कृतिक विभागका संयोजक रवि पुलामी मगरले संपुर्ण जिम्मेवार लिनु भएको थियो।

कार्यक्रममा गायक, बिरेन्द्र श्रेष्ठ, बिजय रानापाली, दिवस याख्खा, सारुख सुनदास, देबिन पुन मगर, डि .एन मगर, नानू घले , नवराज श्रेष्ठको स्वरमा दर्शकहरुको मन जित्न सफल भए कार्यक्रममा सुनमा सुगन्ध थप्न्ने काम नेपाल बाट आएका कलाकारहरु प्राश्न्ना शाख्य र जुना प्रसाईंको सुमधुरस्वरले दर्शकहरुलाई मन्त्रमुग्ध पारेकोे थियो । भने सास्कृतिक कार्यक्रमको संचालन डि.एन मगर, इशारा थापा मगर, बलहरी राना मगर र रमेश मगरले संचालन गरेका थिए ।

राहत कोष संकलन
विभिन्न भैपरी समस्याहरुमा संघले आवश्यकता अनुसार राहत प्रदान गर्नका लागी यस संघले माघे मगर सकराटी २०१६ को अवसरमा राहत कोषमा दान दिन इच्छुक महानुभावहरुबाट संकलन गर्ने परिपाटी रहेको उक्त राहत कोष संकलनमा कार्यक्रममा आतिथ्य आउनुभएका तथा सहभागीबाट ३४५८ कतारी रियाल राहत कोषको लागी सहयोग संकलन भएको थियो।

बधाई तथा शुभकामना पत्र हस्तान्तरण
१५ जनवरी २०१६मा भएको मगर माघे सकराटी (२०१६ कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार प्रमुख सल्लाहकार भिम तरामु मगर खुल्ला सदस्य बर्तमन सल्लाहकार खिम राना मगर जनजाति कोटामा आजिवन सदस्य इन्जिनियर नन्द प्रसाद गर्बुजा मगर महासचिव पदमा र आजिवन सदस्य भिम थापा मगर खुल्ला सदस्यमा मिति २५ डिसेम्बर २०१५ मा अवुहमर स्थित नेपाली दूतावासको हलमा सम्पन्न भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौं राष्ट्रिय महाधिवेशनबाट आगामी २ बर्षे कार्यकाल (२०१५÷२०१७) को लागि प्रत्येक्ष निर्वाचनबाट निर्र्वा्चित हुनु भएकोको मा उहाँहरु लाई सफल कार्यकालका लागि नेपाल मगर संघ , शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले खादा ओडायर साथै प्रमुख अतिथि बाट प्रमाण पत्र प्रदान गरेर सम्मान , बधाई तथा शुभकामना दिनु भयोे ।

कार्यक्रममा प्रायोजन
माघे मगर सकराटी २०१६ कार्यक्रमको लागीे आजिवन सदस्य भिम थापा मगर, केन्द्रिय सदस्य भक्त राना मगर तथा मिलनलाल सारु मगरले प्रायोजन गर्नुभएको थियो भने ब्यानरको लागी रबिन मगरले प्रायोजन गर्नुभएको थियो । त्यस्तैगरी बस तर्फ धनकुटा सेवा समाज , पदम थापामगर, सोम श्रेक्ष्ठ, कृष्ण ब. सोराली मगर, उमेश राई, विजय रानापाली , नन्द थापा मगर, सोम थापा मगर, केशव आचार्य, रवि पुलामी मगर, बलहरी राना मगर, विवेक पुलामी मगर, प्रकाश पुन मगर,इसोरा थापा मगरआदिले प्रायोजन गर्नुभएको थियो।

त्यस्तैगरी सहयोगीहरुमा यातायातमा हेम बगाले, डिल्ली कुमार सुवेदी, रोशन यादव , विजय रानापाली, टेक रसाइली, जिवन मगर, हुनुहुन्थ्यो । भने खेलका लागि पुरस्कार प्रायोजन महेन्द्र थापा मगर, विजय मगर, शेर क. रोका मगर, विवेक पुलामी मगर, हिम थापामगर, होम श्रीस मगर, रेशम आले मगरले गर्नु भएको थियो।

अन्य कार्यहरुमा नेपाल मगर संघ, दोहा एरिया समितिले तरुल पकाएर, यसरी नै सनैया ए र वि समितिले अचार बनाएर र यस संस्थको मातहतमा रहेको महिला विभागवाट सेलरोटी वनाएर सहयोग गर्नु भएको थियो । भने अन्य एरिया समितिहरुले स्वयंसेवकको भुमिकाको निर्वाह गरिएको थियो।

कलाकार रुविना तामाङलाई विदाई
यस संस्थाको कला तथा सांस्कृतिक विभागका कुशल नृत्यांगना रुविना तामाङ कतार नफर्किने गरी नेपाल जान लाग्नु भएकोमा संस्थाका तर्फवाट खादा ओढाई उहांको आगामी दिनहरु सुखमय रहोस भन्ने कामना सहित उहांले गर्नु भएको योगदानको उंच्च मुल्यांकन गर्दै संस्थाको तर्फवाट प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि नेपाली राजदूतावास कतारका द्धितिय सचिव नितेश कुमार सापकोटाले माघे मगर सकाराटी मगरहरुले मात्र नभएर हरेक नेपालीहरुले मनाउने र उहाँले सम्पूर्ण नेपालीहरुलाई माघे मगर सकराटीको शुभकामना दिनु भयो।

अन्तमा कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई उपस्तिथि प्रमुख अतिथि, बिशिष्ट अतिथि , अतिथि र कार्यक्रममा उपस्तिथित सम्पूर्णलाई कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा धन्यवाद दिदै माघे सकराटीको शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भयो।





Comments

comments

Leave a Reply

10637