Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुमारी आमा अस्पतालमै अलपत्र

सर्लाही, सलेमपुर– १ की १६ वर्षीया रिना यादव अविवाहित छिन्। तर, पुस ८ गते जिल्ला अस्पताल मलंगवामा छोरालाई जन्म दिइन्। अस्पतालका नर्सले उनको छोराको नाम राहुल राखेका छन्।

गत वर्ष कक्षा ९ मा पढ्दापढ्दै विद्यालय जान छाडेकी उनी महिनाअघि छोरा जन्मिएयता अस्पतालमै छिन्। काखमा छोरा खेलाउन पाउँदाको खुसीभन्दा धेरै पीडा छ उनको अनुहारमा। ‘राहुलको आमा त भएँ , तर श्रीमान्को ठेगान छैन,’ भक्कानिँदै भनिन्, ‘उसको पत्तै छैन, आमाबुबा पनि आउनु भएन।’

गाउँका मान्छेले छोरा बेच्न दबाब दिएको उनले बताइन्। प्रेमी अशोकका आफन्तले पनि अस्पतालमै आएर छोरा बेच्न दबाब दिइरहेका छन्। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10673