हङकङमा डुङ्गाको ठक्करबाट पौडीबाजको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ फेब्रुअरी। सानो काठको डुङ्गाको ठक्करबाट देब्रे खुट्टा भाँचिएपछि हङकङका पौडीबाजको मृत्यु भएको छ।

बिहीबार बिहान मा ओन शान नजिकैको पानीमा साम्पानले ठक्कर दिँदा उनको देब्रे खुट्टा भाँचिएर मृत्यु भएको हो।

३० वर्षका ती पुरुष ताइपोस्थित साम मुन साई र मा अन शानको बीचमा पौडी खेलिरहेका बेला बिहान ८.३० बजे उक्त घटना भएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा गुडिरहेको साम्पानले उनलाई ठक्कर दिएको बताइएको छ। ठक्करबाट बायाँ खुट्टा च्यातिएपछि ती व्यक्ति कोमामा परेका थिए। त्यसपछि उनलाई शा टिनको प्रिन्स अफ वेल्स अस्पतालमा लगियो, जहाँ उपचारको क्रममा उनलाई बिहान ९:१६ मा मृत घोषित गरियो, स्थानीय मिडियाले लेखेको छ।

प्रहरीले समुद्रमा अरुको सुरक्षालाई खतरामा पारेर साम्पान चलाउने ४० वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।





Comments

comments

107020