रिटर्नी सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको अध्यक्षमा किरण घर्ती

रमेश खावाजु –

काभ्रेको कुन्तावेशीमा नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको सम्मेलन सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र) को मण्डनदेउपुर नगर इन्चार्ज ध्रुब काफ्लेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले किरण घर्तीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ। प्रमुख अतिथि काफ्लेले रिटर्नी सेन्टर नेपालले मुल पार्टीसंग समन्वय तथा छलफल गर्दै अगाडि बढ्नुपर्ने बताए।

काफ्लेले नवगठित कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गरे। त्यस्तै अतिथि, रिटर्नी सेन्टर नेपालका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनोद दंगालले रिटर्नी सेन्टर नेपालबारे जानकारी गराउदैं रिटर्नीहरुले विदेशबाट सिकेका श्रम, सिप, पुजीं तथा प्रबिधिको प्रयोग गर्दै सामूहिक लगानीमार्फत युवाहरुलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउनुपर्ने बताए।

रिटर्नी सेन्टर नेपाल काभ्रे जिल्ला अध्यक्ष किशोर सापकोटाले पार्टीको मूल्य मान्यतामा अधारित भएर तथा उत्पादनलाई जोडेर रिटर्नी सेन्टर नेपाल अगाडि बढ्ने बताए। अध्यक्ष सापकोटाले काभ्रेका बिभिन्न पालिकाहरुमा रिटर्नी सेन्टर नेपालको संगठनको तीव्र बिस्तार गर्ने बताए। उक्त सम्मेलनमा अतिथिहरु नेकपा (माओवादी केन्द्र ) को क्षेत्रीय सदस्य उद्धब बस्नेत ,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) मण्डनदेउपुर नगरकमिटी अध्यक्ष देबी डोटेलले नवगठित कमिटीलाई शुभकामना ब्यक्त गरेका छन्।

रिटर्नी सेन्टर नेपाल मण्डनदेउपुरका पदाधिकारीहरु
अध्यक्ष – किरण घर्ती
सचीव – प्रयास तामाङ
कोषाध्यक्ष – बिनोद ढकाल
सदस्य – नवीन तिमल्सिना
सदस्य – गणेश ढकाल
सदस्य – सन्दिप हमाल
सदस्य – रमेश ढकाल
सदस्य – जित ब.तामाङ
सदस्य – गोपाल तामाङ





Comments

comments

107375