सांघाईका लागि उडेको विमानमा पावर बैंक विष्फोट, हङकङमा आपतकालीन अवतरण

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० फेब्रुअरी। बोराकेबाट सांघाई गइरहेको रोयल एयर फिलिपिन्सको विमानमा पावर बैंक विस्फोट र केबिनमा धुवाँ निस्किएपछि गए राति हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको समाचार बाहिरिएको छ।

कुनै यात्रुलाई चोटपटक भने नलागेको स्थानीय मिडियाले जनाएको छ। एक अनलाइन भिडियोमा विस्फोट पछि केबिनको अगाडिको भागबाट धुवाँ निस्किरहेको देखिएको छ।

घटनापछि कप्तानले हङकङमा आकस्मिक अवतरण गरेका थिए। एक घण्टापछि हङकङबाट उडेको विमान मंगलबार लगभग १२.३० बजे सांघाईमा अवतरण गरेको थियो। जुन ३ घण्टा ढिलाइ भएको थियो।

दुर्घटना हुँदा जहाजमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। चेक-इन ब्यागेजमा राख्न प्रतिबन्धित पोर्टेबल ब्याट्री चार्जर के कारणले विस्फोट भयो भन्ने कुरा स्पष्ट हुन सकेको छैन।





Comments

comments

107852