Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महिलामाथि यौनशोषण गरेका चालक जेलमा, हाकिम धरौटीमा रिहा

एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलान भएका छन्।

कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका हुन्। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको खबर नयाँ पत्रिका दैनिकमा छ।

एक ऋणी महिलालाई विभिन्न प्रलोभनमा पारी यौनशोषण गरेको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले चारैजनालाई पक्राउ गरी मानव बेचविखनविरुद्ध मुद्दा चलाएको थियो। महिलालो जबर्जस्ती करणी मुद्दा चलाउन खाजेपनि हदम्याद नाघेकाले प्रहरीले मानबबेचविखन मुद्दा चलाएको हो।

सोही मुद्दामा अदालतले गत शुक्रवार बैँकका ठूला कर्मचारीलाई धरौटीमा रिहा गरेको हो भने चालक महर्जनलाई थुनामा पठाएको हो।





Comments

comments

Leave a Reply

10829