Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काठमाडौंलाई औद्योगिक शहर बनाई दिने चीनको प्रस्ताव

चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैयाँ (३ बिलियन युआन) लगानीमा ‘चाइन टाउन’ निर्माणका लागि अनुमति मागेको छ।

रातमा भैन्कूभर चाइनाटाउन फाइल फोटो

सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको हो।

सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको खबर नागरिक दैनिकमा छ। करिब ४९ अर्ब ९५ करोड नेपाली रुपैयाँ खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ। परियोजना सुरु गर्नुअघि दुवै देशबीच आधिकारिक सहयोग सम्झौता हुनुपर्ने प्रस्तावमा भनिएको छ ।

जग्गा छनोट, चिनियाँ फ्याक्ट्री को–अपरेसन सम्झौता लगायत प्राविधिक काम गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।





Comments

comments

Leave a Reply

10869