Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वसभाध्यक्ष सुवास नेम्वाङलाई ६० लाखको गाडी

सरकारले संविधानसभाका पूर्वअध्यक्षको हैसियतमा सुवासचन्द्र नेम्वाङलाई आजीवन सुविधाका लागि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडी उपलव्ध गराउने भएको छ।

एक महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार व्यवस्थापिका संसद् सचिवलयले सभाध्यक्ष नेम्वाङलाई उपलव्ध गराइने गाडी खरिदका लागि बोलपत्रसभेत आह्वान गरेको खबर राजधानी दैनिकले प्रकाशित गरेको छ।

गत २१ पुस देखि बिहीबारसम्म एक महिनाको समय राखेर संसद् सचिवालयले गाडी खरिदका लागि बोलपत्र आहृवान गरेको हो। हालसम्म एउटा मात्रै बोलपत्र दर्ता भएको छ।

अन्य तीनवटा कम्पनीले फाराम लगेपनि बोलपत्र दतौ गरिनसकेको सचिवालयको भनाई छ। पूर्वसभाध्यक्षलाई उपप्रधानमन्त्रीलाई दिइने हैसियतको सवारी उपलब्ध गराइन लागिएको हो। संसद सचिवालयले बुधवारसम्म फाराम विक्रीको अीन्तम दिन तोकेको थियो।

शुक्रवार २ बजे बोलपत्र खोलिने भएको छ। सरकारले एतिहासिक संविधान सभा अध्यक्षलाई सम्मानस्वरुप नयाँ गाडी खदिने विशेष व्यवस्था गरेको जनाउँदै खरिद प्रक्रिया अघि बढाएको हो।





Comments

comments

Leave a Reply

10884