Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बिभिन्न सांस्कृतिक कार्यक्रमकासंगै कोलोराडोमा सोनाम ल्होछार सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बिभिन्न सांस्कृतिक कार्यक्रमकासंगै कोलोराडोमा सोनाम ल्होछार सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, १ मार्च। २८६० औं सोनाम ल्होछार डुग ल्होको पावन अवसरमा कोलोराडोमा बिभिन्न सांस्कृतिक कार्यक्रमकासाथ शुभकामना आदान प्रदान गर्दै सम्पन्न भएको छ।

तामाङ समाज कोलोराडोको आयोजनामा कोलोराडो निवासी तामाङ समुदायले आफ्नो संस्कृति परम्परा अनुसार सोनाम ल्होछार मनाएका हुन्।

शनिबार सांझ कोलोराडोको बोल्डर नगरमा सम्पन्न कार्यक्रम, प्रमुख अतिथि एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल र कार्यक्रमका सभापति संन्दीप लामाले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको थियो।

कार्यक्रममा चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तामाङलगायतका कलाकार, कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपालीभाषी बाआमा, दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो । कार्यक्रममा तामाङ, शेर्पा, गुरुङ समुदायका सहभागीहरु आ—आफ्नो परम्परागत पहिरहनमा सजिएर सहभागी भएका थिए।

संगीता लामा लामीछानेद्धारा संचालित कार्यक्रमा बुद्धिमान वाइबाले उपस्थित सबैलाई स्वागत गदै यसको महत्वबारे प्रकाश पारेका थिए। यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रकाश पौडेलले सोनाम ल्होछारको सबैलाई शुभकामना दिदै कोलोराडोमा रहेका सबै संघसंस्थाहरुसंग हातेमालो गदै अगाडी बढ्न एनआरएन कोलोराडो सधै तत्पर रहेको भन्दै कार्यक्रम सफलताको कामना गरे।

यसैगरी कार्यक्रमका सभापति तथा तामाङ समाज कोलोराडोका संयोजक सन्दीप लामाले हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततिमा जस्ताको तस्तै हस्तान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाई अनुरेध गरे। स्थानीय समुदायलाई तामाङ संस्कृतिको पहिचान गराउनुको साथै संस्कृति जोगाईराख्न कार्यक्रम आयोजना गरिएको बताए । संयोजक लामाले कार्यक्रम सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग पु¥याउने तथा यस समारोहमा उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक समारोह अन्त्य गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा गीत, संगीत, नृत्य लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरिएको थियो । चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तामाङलगायतका स्थानीय कलाकारहरुबाट बिभिन्न चर्चित गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए। तामाङसेलो, मिन्दो मायां, कौडा, दोहोरी जस्ता बिभिन्न गीत संगीत र मोडर्न, डिजेमा कलाकारहरुले कुशल नृत्य प्रस्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए।

नेपालमा मूलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बिरालो बर्गलाई बिदाई गर्दै गिद्ध बर्गलाई स्वागत गरेका छन्। ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउंछन र भोलि पल्ट नयां दिनको झुल्के घामसंगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन्।





Comments

comments

109216