उदयपुर जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ का मान बहादुर बस्नेत (चालक), चन्द्रप्रकाश राई (हतुवागढी-२), रामकुमारी राई (हतुवागढी-५ ),पदमबहादुर थापा (बराहक्षेत्र-३), दिशान राई (हतुवागढी-२), इटहरीकी कमला अधिकारी, पर्वतमाया राई (हतुवागढी-२) र किसन राई (हतुवागढी-५) छन्।

घटनामा ९ जना घाइते भएका छन्। घाइते हुनेमा विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई, निकिता कटुवाल छन्।

१ ज २५९३ नम्बरको जीप आज साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो। दुर्घटनाको बेला जीपमा १४ जना सवार रहेको जनाइएको छ।





Comments

comments

110200