कोलोराडोमा नेपाली समुदायले होली खेल्ने

फाइल फोटो

नातिबाबु भट्ट/ एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप, एक्यवद्धता र सद्भाब अभिवृद्धि गर्दै भावी पुस्तालाई नेपाली संस्कृति सिकाउने उद्धेश्यले होली कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च २४ तारिख आइतबारका दिन दिउसो १ बजेदेखि ४ बजेसम्म नेपाली सांस्कृतीक केन्द्रमा होली खेल्ने कार्यक्रम रहेको र सो कार्यक्रमको लागि सबै क्षेत्रका महानुभावहरुबाट उत्साहजनक तरिकाले सहयोग प्राप्त भैरहेको अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन्।

कोलोराडोस्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, ब्यवसायी, पत्रकार, सर्वसाधारण बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतिप्रति आस्था र चासो राख्ने स्थानीय सबैलाई स— परिवार कार्यक्रममा उपस्थित भई दिनु हुन संस्थाका महासचिव भोला कटुवालले अनुरोध गरेका छन्।

एक आपसमा सदभाव र हार्दिकता बढ़ाउदै होली खेली नेपाली धर्म संस्कृतिको पहिचाहन गराउने कार्यक्रमलाई भब्यताका साथ सम्पन्न पार्न सबैले यथाशक्य प्रचारप्रसार गरी सहयोग गरिदिनु हुन समेत उनले सबैलाई अनुरोध गरेका छन्। सहभागीहरुलाई कार्यक्रम स्थलमा प्रसाद बितरणको व्यवस्था रहेको छ । त्यस्तै इच्छुक सहभागीले नेपाली घरको लोगो अंकित सेतो टिसर्ट खरीद गर्न पाउने सुबिधा समेत भएको बताईएको छ।

असत्यमाथि सत्यको र अधर्म माथी धर्मको विजय प्रतिकको रुपमा मनाईने होली नेपालमा फाल्गुण शुक्ल अष्टमीको दिन बसन्तपुरस्थित गद्धिबैठक अगाडि रङ्गीचङ्गी पारेर सिंगारी गाडिएको चिरमा पूजाआजा गरेपछि बिधिबत रुपमा सुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ। होली नेपालसंगै भारत, पाकिस्तान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगायतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडि वा पछाडिको शनिबार आइतबार पारेर मनाउने चलन रहेको छ।





Comments

comments

110504