अमेरिकामा कुलमान घिसिङसंग अन्तरक्रिया

विजय थापा । अमेरिका आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उनको टोलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन्।

बिश्व बैंकको उर्जा सम्बन्धी कार्यक्रमको बैठकमा सहभागी हुन आएको मौकामा डिसी महानगर क्षेत्रका नेपाली समुदायले उनको टोलीसँग अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो।

कार्यक्रमको आयोजना यस क्षेत्रका रहेका अमेरिकाकै पुराना संस्था राष्ट्रिय स्तरका एएनए ,एएनएस ,एएसएनइनजिआर ,एनआरएनए भर्जिनिया ,एएनएचएस ,ग्रेटर तामाङ् समाज डिसी, डिसीएनएफसी, एनएसीसी(न्याक ) लगायतहरु रहेका थिए।

नेपालको आर्थिक विकास निर्माण सम्बन्धी र ऊर्जाका क्षेत्रको सेरोफेरोमा समुदाय सदस्यहरुले अभिरुचीपूर्ण रुपमा जिज्ञाशा राखेका थिए।

घिसिङले सबै भन्दा पहिले बिद्युत प्राधिकरणका पूर्व कर्मचारीहरुको उपस्थिति रहेकोले आफ्नो मन्तब्य सुरु गर्दै आफ्नो सफलतामा उनीहरुको योगदान पनि रहेको भन्दै धन्यवाद दिए।

उनले चिलिमे जलबिद्युतमा काम गर्दाको अनुभव सुनाउंदै त्यहाँका जनतालाई सहभागिता गराउन उनले गरेको भूमिकाको साथै स्थानीयहरुलाई नै रोजगारीमा प्रत्यक्ष संलग्न लगायतको कारण उक्त परियोजना सफल भएको बताए। साथै उनले राम्रो मानिसलाई त्यहाँबाट सरुवा नगरियोस भन्दै १ महिना हड्ताल समेत गरेको छोटोमा वर्णन गरे।

उनले मन्तब्यकै क्रममा अहिले नेपालमा ९८ प्रतिशत पुगेको र हरेकघरमा बिजुली पुगेको जानकारी दिए । नेपालमा ६-७ बर्षमा बिद्युत उत्पादनमा झन्डै ४ गुना वृद्धि भएको र प्रसारण लाइन (मार्ग)८ हजार किमि बनाईएको जनाए । ६-७ बर्ष पहिले ६० % मात्र बिद्युत पुगेको थिए ,उनले भने । लोड सेडीङ्ग ४० % थियो । आफूले नेतृत्व लिएपछि बिद्युत आपूर्तिसंगै ३५-३६ अर्बको घाटामा चलेको प्राधिकरण पहिलो बर्षमै नाफामा पुगेको उनले बताए।

अन्तरक्रिया कार्यक्रमको शुभारम्भ एएनएसका अध्यक्ष सुजित अर्यालले गरेका थिए भने उनले आफ्नो संस्था तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रमको समन्वय एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए भने उनले नै कार्यक्रम संचालन गरे।

कार्यक्रममा बिद्युत प्राधिकरणका पूर्व कर्मचारी केशव बरालले हामी विदेश आएको भन्दै त्यस समयमा प्राधिकरण घाटा थियो तर कुलमान घिसिङ्गले नेतृत्व लिए पछि नाफामा भएकोमा प्रशंसा गरे । त्यसै गरि न्यूयोर्कमा सयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन् आएकी पूर्व राज्यमन्त्री तथा बागमती प्रदेशकी सांसद राधिका तामाङले कुलमान घिसिङलाई चिलिमे बिद्युत आयोजनादेखि चिनेको भन्दै उहा जस्तो योग्य ब्यक्तित्व र काम गर्ने मानिसलाई काम गर्ने वातावरण दिनु पर्ने बताइन । उनले २ पटक बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै आशा गरे अनुसार गर्न नसकेता पनि रचनात्मक काम गरेको बताइन।

साथै नेपाल सरकारका तर्फबाट सहसचिव बिदुर सुबेदी ,अमेरिकी प्रतिनिधि सभाका लागि भर्जिनिया जिल्ला १० क्षेत्रका नेपाल मूलका उम्मेदवार एड्रियन पोखरेल, चिकित्सक मदन उप्रेती ,एएसएनइनजिआरका सागर खड्का (अभियन्ता), मंगलमान महर्जन, नेपालबाट आएकी बिद्यार्थी नेता आरती लामा लगायतले छोटो मन्तब्य राखेका थिए।

नेपाली इन्जिनियर्सको तर्फबाट मंगलमान महर्जन र सागर खड्काले सुझाव दिनुको साथै कसरी सम्पर्क गर्ने भन्ने जिज्ञाशा राखेका थिए । त्यस्तै चिकित्सक मदन उप्रेतीले आफ्नो पनि जल बिद्युत परियोजना नेपालमा रहेकोले नेपालमा काम गर्न सरल र कुनै अप्ठ्यारो नपर्ने भन्दै भएको कुलमानको प्रशंसा गरे।

यसै गरि तामाङ समाज डिसीका पूर्वअध्यक्ष उत्तर डोङ्गले धन्यवाद ज्ञापन गरेका थिए । धन्यबाद ज्ञापन अगाडि दर्शकहरुले जिज्ञाशा राखेका थिए भने कार्यकारी निर्देशक कुलमान घिसिङ्गले जवाफ दिएका थिए ।

त्यहाँ उपस्थित सबैलाई समय समयमा कार्यक्रम संचालक एएनएका अध्यक्ष खगेन्द्र अधिकारीएले यथास्थानमा परिचय तथा सम्मान गराएका थिए । कार्यक्रम संचालक स्वयम अधिकारी पनि नेपाल बिद्युत प्राधिकरणका पूर्व कर्मचारी पनि हुन्।

अतिथि कुलमान घिसिङलगायत अन्य अतिथिहरुलाई नेपाली समुदायका क्रियाशील महिलाहरु ग्रेटर तामांग सोसाईटिका महासचिव रोजी घिसिङ तामाङ , न्याककी सुनिता सुबेदी, एएनएचएसकी अध्यक्ष जानुका ओझाले खादा लगाई सम्मान गरेका थिए।





Comments

comments

110510