१९ वर्षीया युवतीको बीभत्स हत्या

तानसेन । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी र हातका औलाहरू काटेर हत्या भएको अवस्थामा शव भेटिएको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा पदमा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ। मंगलवार दिउंसो पँधेरामा नुहाउन गएकी पदमा अबेर साँझसम्म नफर्किएपछि खोजी गर्दा उनको शव भेटिएको थियो।

उनी ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

उनको शव धारिलो हतियारले शरीरका विभिन्न स्थानमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएको हो।

उनको घाँटी र हातका औलाहरू काटिएका थिए। घटनास्थलको प्रकृति हेर्दा जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको जस्तो देखिएको ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेल बताएका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले अनुसन्धानको लागि भैरहवाबाट तामिल प्राप्त कुकुर ल्याएर घटनास्थल पुगिसकेको बताए।





Comments

comments

111162