दपूक्षे तमुधिं लण्डनको ग्रहशान्ति पूजा तथा प्रवचन

लण्डनः दिनांक १३ फेब्रुअरी २०१६को दिन वुलविच, लण्डन स्थित लोटाज क्लबमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनद्वारा आयोजित ग्रहशान्ति पूजा तथा बौद्ध धर्म दर्शन सम्बन्धि प्रवचन कार्यक्रम अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ।

समाजसेवी तथा साहित्यकार सुमलकुमार गुरुङको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा नेपालबाट आएका तमु (गुरुङ) बौद्ध संघ नेपालका अध्यक्ष तथा बौद्ध अर्घौ सदन पोखराका प्रमुख धर्म गुरु आचार्य शिरलामा गुरुङबाट पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न भएको थियो । उनलाई सहयोग गर्ने धर्मगुरुहरुमा आचार्य दावा लामा तथा स्थानीय तमु धर्मगुरु लामा धरम गुरुङ रहेका थिए । कार्यक्रममा सयौ श्रद्धालुहरुको सहभागिता रहेका थिए । समाजका महासचिव सुमन गुरुङद्वारा कार्यक्रमको औचित्य तथा स्वास्थ्य सुरक्षा सम्बन्धि सम्बोधन पश्चात पूजा प्रारम्भ गरेको थियो । कार्यक्रमका उद्घोषक समाजका सल्लाहकार योगेश गुरुङ रहेका थिए । समाजका अध्यक्ष श्रीचन्द्र गुरुङ, कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार सुमलकुमार गुरुङ, वरिष्ठ सल्लाहकार मोहन गुरुङ लगायत अन्य सल्लाहकारहरु द्वारा सामुहिक रुपमा पूजाका लागि द्वीप् प्रज्वलन गरेर धर्मगुरुहरुद्वारा कार्यक्रम शुभारम्भ गरिएको थियो।

यसंैक्रममा धर्म गुरुहरुका संक्षिप्त जीवनी समाजकी सदस्य सारादेवी गुरुङले वाचन गरेर प्रस्तुत गरेकी थिईन । सबैं श्रद्धालुहरुबाट सद्ब्युह सङ्कलन गरेर सामुहिक ग्रहशान्तिको पूजा पहिलो चरणमा सम्पन्न भएको थियो । दिनको भोजन पश्चात दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो । श्रद्धालुहरुले कार्यक्रम सञ्चालनका लागि खानपिन लगायत आर्थिक सहयोग गरेका थिए । धर्मगुरु आचार्य शिरलामाले आफ्नो प्रभावशाली प्रवचन तीन वटा विषयहरुलाई लक्षित गरी प्रस्तुत गरेका थिए । पहिलो विषयमा उनले गुरुङहरुको परम्परामा बोैद्ध धर्मको ऐतिहासिक सम्बन्ध र विकाश, दोश्रो विषयमा बौद्ध दर्शनको मूलमन्त्र वा उद्धेश्य तथा अन्तिममा उनले पोखरा स्थित बौद्ध अर्घौ सदनको बारेमा तथा भावी योजना बारे विस्तृत जानकारी दिएका थिए।

प्रवचन पश्चात कार्यक्रमका संयोजक, सुमल कुमार गुरुङले आफ्नो मन्तव्यमा समाजको एकताबारे, धर्मगुरुले औल्याएका विषयहरुमा गम्भिर भएर अनुकरण गरी मानव कल्याण र धर्ममा लाग्नु पर्ने साथै बौद्ध झण्डाबारे प्रकाश पारेका थिए । समाजका अध्यक्ष, श्रीचन्द्र गुरुङले मन्तव्यको क्रममा कार्यक्रमका सहभागीहरु, गुरुहरु तथा कार्यक्रममा संलग्न संयोजक लगाएत सबैलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । निर्धारित समयभन्द केहि ढिलो शुरु भएको कार्यक्रम निर्धारित समयभन्दा २ घन्टापछिमात्र समापन भएको थियो । अन्तमा गुरुहरुको हातबाट अशिर्वाद ग्रहण भएको थियो । गुरुहरुलाई गुरुदक्षिणा दिएर खुशी साथ विदाई गरिएको थियो।





Comments

comments

Leave a Reply

11123