अमेरिकामा बस्ने मगरहरूको जनगणना गरिदै

फाइल तस्विर

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। मगर संघ अमेरिकाले अमेरिकामा बसोबास गर्दै आएका मगरहरूको वास्तविक जनसंख्या पत्ता लगाउन जनगणना शुरू गरेको छ।

मगर संघ अमेरिका स्थापनाको २० औं बार्षिक उत्सवको अवसरमा अमेरिकामा रहेका मगरहरूको जनसंख्याको तथ्यांक राख्न मगर संघ अमेरिकाले मगरहरूको जनगणना सुरू गरेको हो।

मार्च ११ देखि शुरू गरिएको जनगणनामा सहभागी भई आ–आफ्नो तथ्यांक राख्न अनलाईनको लिंकमा वा सिधै बारकोड स्क्यान गरेर फर्म भर्न सकिन्छ।

जनसंख्या जनगणना कार्यक्रममा आफ्नो तथ्यांक राख्न समस्या परे मगर संघ अमेरिकाका CENSUS संयोजक टेक बहादुर थापा मगर अथवा च्याप्टर प्रतिनिधिहरूलाई सम्पर्क गरेर सहयोग लिन सकिन्छ।

अमेरिका भरी छरिएर रहेका मगर समुदायको जनसंख्या तथ्यांक संकलन गर्न सहयोगी प्रतिनिधिहरू र पर्यवेक्षकहरू खटिइ सकेका छन्। यस्ता कार्यक्रमले मगरहरूलाई एकै ठाउमा गोलबद्द गर्ने अभियानलाई सहयोग पुग्ने, मगरहरूको संस्कार सस्कृतिक जगेर्ना गर्न तथा नंया पुस्तालाई हस्तान्तरण सहज हुने लक्ष्य राखिएको छ । त्यस्तैगरी यस्तो तथ्यांकले भविष्यमा सामाजिक कार्य गर्न र गराउन तथ्यांकको संजाल मार्फत सहयोग पुग्ने सोच राखिएको छ।

यस्तो जनगणना कार्यक्रम पहिलो पटक गर्न लागिएकोले अमेरिकाभर बसोबास गर्नुहुने आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरूलाई मगरहरूको जनगणनामा सहयोग पुर्याउन समेत मगर संघ अमेरिकाका CENSUS संयोजक तथा मगर संघ अमेरिकाका पश्चिम क्षेत्रिय उपाध्यक्ष टेकबहादुर थापा मगरले सबैलाइ आग्रह गरेका छन्।





Comments

comments

111506