लान क्वाई फोङ घटनामा संलग्न एक नेपाली युवक पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ अप्रिल। हङकङ प्रहरीले लान क्वाई फोङ घटनामा संलग्न एक जना नेपाली युवकलाई पक्राउ गरेको छ।

स्थानीयले “पृथ्वीको दानव भूमि” भनेर चिनिने लान क्वाई फोङमा फेरि अर्को एउटा घटना भएको छ।

आज बिहान ४:४५ बजे लान क्वाई फोङको एउटा रेस्टुरेन्टमा मदिरा पिउन लाइनमा बसेका सु (२३ वर्ष) नामका एक व्यक्तिले अर्का पुरुषसँग झगडा गरेका थिए।

त्यसबेला सुमाथि ग्लासको बोतलले आक्रमण भयो। सुको टाउको र हातमा चोट लागेको छ।

उनलाई एम्बुलेन्सबाट क्वीन मेरी अस्पतालमा उपचारका लागि लगिएको थियो।

खबर पाएलगत्तै प्रहरीहरु घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बोतलले हिर्काउने २१ वर्षीय एक जना नेपाली युवकलाई प्रकाउ गरेको छ।

प्रहरीले घटनामा संलग्न नेपाली युवकलाई ‘शारीरिक हानि पुर्‍याएको’ आशंकामा पक्राउ गरिएको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

111590