जोर्डनमा आगलागी हुँदा ५ जनाको मृत्यु, ४१ घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० अप्रिल। जोर्डनमा बुधबार बिहान एउटा आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य ४१ जना घाइते भएका छन्।

घटनाको भिडियो हेर्नुहोस्

न्यु लकी हाउस भवनमा बिहान करिब ८ बजे आगलागी भएको थियो।

स्थानीय मिडियाका अनुसार भवनको पहिलो तल्लामा रहेको जिमबाट सुरु भएको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको थियो।

भवनका बासिन्दाहरूले झ्यालहरूमा तौलिया हल्लाउँदै मद्दतको लागि सङ्केत गरेका थिए।

आगलागीपछि हङ होम-बाउन्ड जोर्डन रोडका सबै लेनहरू यातायात विभागले सिल गरेको थियो, जबकि एमटीआरले भवनको छेउमा रहेको जोर्डन स्टेशनमा एक्जिट बी वान बन्द गरेको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

112527