अधुरै रह्यो बुबाआमाको बुहारी भित्र्याउने सपना

काठमाडौं – धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा ? छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना पालको दलबहादुर रानाको परिवारमा शुक्रवार बज्रपात भयो।

काष्ठमण्डप एयरका सहचालक सन्तोषको दुःखद निधनको खबरले काठमाडौं कपनमा रहेकी उनकी आमा मुर्छा परिन् । बुवा दलवहादुर भैरहवामा एमालेको कार्यक्रममा थिए । २८ वर्षे सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले भने चालक भएपछि मात्र बिहे गर्ने अडान लिएका थिए।


पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना

दैवको लीला, न सन्तोष अब चालक बन्नेछन् न त आमाबुबाको चाहना नै पूरा हुनेछ ।सन्तोषले काष्ठमण्डप एयरमा गत वैशाखदेखि काम गरेका हुन् । उनले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । उनका दाजु बेलायती सेनाबाट सेवानिवृत भएकाले उतै बसोबास गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

काष्टमण्डप एयरको विमान दुर्घटना, पाइलट र को-पाइलटको मृत्यु





Comments

comments

Leave a Reply

11324