Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
९ बर्षको उमेरमै १५ वटा पुस्तक लेख्ने खुसी खनाल – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

९ बर्षको उमेरमै १५ वटा पुस्तक लेख्ने खुसी खनाल

प्रभा श्रेष्ठ –

९ वर्षीया खुसी खनालले २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १ हजार भन्दा बढी कविता लेखेकी छन्।

१२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा अध्ययनरत खुसीले पहिलो कविता लेखेको दिनको जन्मदिन मनाउने चाहना राखेकीले लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको संयोजनमा जुम मार्फत उनको पहिलो कविताको जन्मदिन मनाइएको छ। र संभवत इतिहासमा यसरी कविताको जन्म दिन मनाइएको यो नै पहिलो हो।

कार्यक्रममा श्रेष्ठले खुशीको बिलक्षण प्रतिभा र उनका कामका कारण उनी नेपालकी छोरी भएकीले सबै नेपाली र विश्व समुदायबीच उनलाई पुर्याउन सबैले आ-आफ्नो क्षमताले भ्याएसम्म योगदान दिनुपर्ने बताए।

नेपाललाई विश्वमा योग र तपोभूमिका रुपमा चिनाइनुपर्छ भन्ने महान उद्धेस्यका साथ The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) मार्फत विश्वभरी योग र ध्यानको अभियान सञ्चालन गरिराखेका, ३ विश्व रेकर्ड राख्नु भएका र Fiji Ministry of Foreign Affairs मा नेपाल- फिजि सांस्कृतिक राजदूत र World Peace Council, UN Affiliation मा आबद्ध भएर काम गरिराख्नु भएका आचार्य राजनले हरेकको ब्यक्तिभित्र प्रतिभा हुने र अधिकांश त्यसको पहिचानको अभावमा सामान्य भएर जिउन वाध्य हुनेका बीच समयमा नै आफ्नो पहिचान गर्न सक्दा सानैमा बिलक्षण प्रतिभा देखाउन सक्नेमध्येकी खुशीलाई आफ्नो विश्व अभियानमार्फत धेरैको प्रेरणाको श्रोत बनाउन पहल गर्ने बताए।

The Poet Idol का निर्णायक एवं कवि बिप्लव प्रतिकले आफू अप्रिल १३ देखि आफ्नो पुस्तक टुरमा हुने भएकोले कार्यक्रममा उपस्थित हुन नसके तापनि खुशीलाई आफ्नो असंख्य शुभकामना र उनको कविताको जन्मदिनको धेरै शुभकामना भन्दै खुसीले खुशीलाई पच्छ्याइरहोस् भन्ने लिखित सन्देश पठाएका थिए।

कार्यक्रममा आचार्य राजनद्धारा ‘विश्व शान्ति’, रिटायर्ड सह-सचिब एबं ७ पुस्तकका लेखिका मोती शोभा श्रेष्ठद्धारा ‘चरा र मानिसको सम्बन्ध’, उद्योग बाणिज्य पत्रिकाका संपादक र गोरखकाली रबर उद्योगका प्रशासकीय प्रमुखका भूमिका निर्बाह गरेका दिनार श्रेष्ठद्धारा ‘नयाँ बर्ष’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ ओसेनियाका उपाध्यक्ष महेश्वर शर्माद्धारा ‘सुख’ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ न्यू साउथ वेल्सका अध्यक्ष प्रकाश पौडेलद्धारा ‘प्रदुषण’ बिषय प्रदान गरिएकोमा खुशीले ती बिषयमा २३ मिनेट जतिमा कविता लेखेर सुनाएकी थिइन्।

कार्यक्रममा मोती शोभा श्रेष्ठ, दिनार श्रेष्ठ, महेश्वर शर्मा, प्रकाश पौडेल, अस्ट्रेलिया नेपाल पब्लिक लिंकका अध्यक्ष निराजन गौलीले पनि शुभ कामना मन्तब्य दिएका थिए भने गत बर्ष बेस्ट पप गायक अवार्ड प्राप्त गरेकी सोफिया थापाले खुशीको बारेमा सामाजिक सन्जाल मार्फत आफूले पनि आफ्नो सन्जालभित्र जानकारी गराउने प्रतिबद्धता जाहेर गरेकी थिइन्।

खुशी आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन् । उनको कविता Sahityapost अंग्रेजीमा साप्ताहिक रुपमा आउने गर्छ । उनका पुस्तकहरु www. khusikhanal.com मा उपलब्ध छन् र उन्को युट्युब च्यानल पनि शुरु गरिएको छ https ://www.youtube.com/@KHUSI-lc5hz ।

आफूलाई दिइने जुनसुकै शीर्षकमा पनि एक दिनमा एकसय वटा पोर्चुगिस् र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन् खुशीले।

अमेरिका, अस्ट्रेलिया, पोर्तुगल र नेपालबाट सहभागिता जनाइएको उक्त कार्यक्रमको सञ्चालन मुक्तककार सुशिल चालिसेले गरेका थिए र पोर्तुगलमा काटिएको केक खुशीका पिता भक्तिप्रसाद खनालले खुशीलाई ख्वाएका थिए।





Comments

comments

113417