Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माछाको कत्ला जस्तो घाउले दाजुभाइलाई सताएपछि

झापा, १६ फागुन। झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन्।

रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन्।

गुप्ता दाजुभाइको शरीरको छाला पट्पटी फुटेर सुकेको छ । छाला सुकेपछि माछाको कत्ला जस्तो दर्दनाक घाउ शरीरभरि फैलिएको छ।

भुवनले घाममा बस्दा शरीर पोल्ने र दुख्ने गरेको पीडा सुनाए । आँखाबाहेक शरीरका सबै बाहिरी अङ्गमा अनौठो रोगको सङ्क्रमण फैलिएको छ।
उनीहरूका बुबा सञ्जय गुप्ता परिवारको गुजाराका लागि साइकल मेकानिकको काम गर्नु हुन्छ भने आमा सामान्य गृहिणी हुनुहुन्छ।

आफ्ना तीन सन्तानमध्ये जेठो छोरा भुवन र कान्छो सरोजमा माछाको कत्ला जस्तो घाउ आउने रोगले जन्मैदेखि सताउँदै आएको सञ्जय गुप्ता बताउनुहुन्छ । माइलो छोरामा भने यस्तो समस्या छैन।

पढ्नमा मेहनती भुवन र सरोज रोगले सताएर जतिसुकै पीडा दिए पनि घर छेउ रहेको विद्यालयमा नियमित पढ्न आउने गरेको शिक्षिका करुणा राजवंशी बताउनुहुन्छ।

“घाममा राख्नै हुँदोरहेनछ”, विद्यालयकी शिक्षिका राजवंशी उनीहरूले व्यहोर्ने गरेको सकसबारे भन्नुहुन्छ” “बस्दा, उठ्दा र हिँड्दासमेत घाउ दुख्ने गर्दोरहेछ ।” छालाको रोग भनेर झापा र भारत सिलगढीका विभिन्न अस्पतालमा उपचार गर्न लैजाँदासमेत निको नभएको गुप्ता परिवारको भनाइ छ ।

साइकल मर्मतको सानो व्यवसाय गरेर मुस्किलले परिवारको भरणपोषण गर्दै आएका सञ्जय गुप्ताले सुविधा सम्पन्न अस्पतालमा लैजाने आफ्नो आर्थिक सामर्थ्य नभएको बताउनुभयो । उपचारका लागि कसैले सहयोग गरिदिए आफ्ना छोराले रोगबाट मुक्ति पाउने उहाँले आशा व्यक्त गर्नुभएको छ।





Comments

comments

Leave a Reply

11348