खेल्छ गण्डकी अभियानमा यू—१४ का ३५ जना बालक सहभागी

पोखरा, सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा “खेल्छ गण्डकी” मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई बुधबार एक समारोहका बिच सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, सहारा क्लवका मानार्थ सदस्यहरु महेश गुरुङ, लोक बहादुर गुरुङ, मुछेत्र गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको क्लवका सचिव टंक पौडेलले जनाउनु भयो।

प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनिका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । उक्त प्रशिक्षणमा एकेडेमीसहित अन्य सहभागी हुनु भएको क्लवले जनाएको छ।

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले प्रतिभावान खेलाडी उत्पादनमा यस्तो प्रशिक्षणले सहयोग पुग्ने बताउनु भयो।

पोखरा रंगशालामा कसले अपनत्व गर्ने त्यसको आधिकारिक जिम्मा नभएको उहाँले गुनासो गर्नु भयो । खेलकुदमा विकृति रहेको उल्लेख गर्दै अध्यक्ष बानियाँले खेलकुदमा व्यत्ति हावी भएको दाबी गर्नु भयो । परिषदका सदस्य एवं मञ्चका पूर्व अध्यक्ष केशव पाठकले तल्लो स्तरबाट खेलाडी उत्पादन गर्न परिषदले खेल्छ गण्डकी अभियान संचालन गरेको बताउनु भयो।





Comments

comments

114309