Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्रीमती जिस्काएकोलाई कुटपिट गर्दा मृत्यु, दम्पती पक्राउ

काठमाडौँ, कुटपिट गरी एक व्यक्तिलाई मारेको अभियोगमा काठमाडौँ इतुम्बहाल डेरा गरी बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।

नवलपरासी घर भई इतुम्बहाल बस्ने ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको छ। (रासस)





Comments

comments

Leave a Reply

11568