आठौँ पोखरा स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पुरा

पोखरा २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ।

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह शुक्रबार दिउँसो ठिक २:४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।

जस अनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने अध्यक्ष बरालले खुलाए ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की रहेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भैसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन्् ।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष ९स्पेशल० अवार्डबाट सम्मान गर्ने निर्णय समेत खेलकुद पत्रकार मञ्च गण्डकीको ३९ औं बैठकले गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए ।
प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने महासचिव पौडेलले खुलाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । पोखरा महानगरपालिकाको समन्वयमा हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।
उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व। सेनानी हेमबहादुर पुनको परिवार, लाइफटाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गर्ने सम्झौता भएको छ ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमाई मोर्टस् प्रा।लि।, साहस स्पोर्ट्स प्रालि, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, एम।ए। कन्स्ट्रक्सन प्रालि, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट ९मुस्ताङ गल्फकोर्ष०, लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा।लि।, दीपक थापा ९अध्यक्ष हक्की संघ गण्डकी०, गण्डकी प्रदेश भलिबल संघ, मझेरी रिर्सोट एण्ड स्पा, पोखरा ३ वडा कार्यालय, पोखरा ४ वडा कार्यालय, पोखरा ५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय, पोखरा ८ वडा कार्यालय, पोखरा ९ वडा कार्यालय, पोखरा १५ वडा कार्यालयले सहयोग गर्नेछन् ।

यसैगरी दीपक गुरुङ अध्यक्ष तथा सहारा हङकङ परिवार, अध्यक्ष दिलराज गुरुङ र उपाध्यक्ष कमल गुरुङ तथा बगर भाइखलक यूके परिवार, कृष्ण गुरुङ अध्यक्ष तथा कमल गुरुङ उपाध्यक्ष ९सहारा यूके०, सुर्य गुरुङ गोर्खा प्यालेस, मिलन तमु गोर्खा मिडिया, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी सपना मल्ल, लोक गुरुङ, नरजङ गुरुङ, रुपक गुरुङ, महेश गुरुङ, ह्यूष्टन एजुकेशन, भिजन उर्जा लुम्बिनी कम्पनी, पोखरा मोबाईल टावर प्रा।लि। बुल्सम्यान क्लब, कास्की जिल्ला भलिवल संघ, विनोद कायस्थ अध्यक्ष टेनिस संघ गण्डकी, एन्फा कास्की, कास्की जिल्ला एथलेटिक्स संघ, मोहन भूगोल व्याण्डमिन्टन फाउण्डेसन, ज्ञानुबाबा आवासिय मावि, यूनाइटेड क्लब, नेपाल ट्रायथलन संघ, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसन, वल्र्डलिंक प्रालि, पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रालि, जिल्ला खेलकुद विकास समिति कास्की, कञ्चन क्यापिटल प्रालि, अध्यक्ष पोषण थापा तथा फेवा सिल्टेसन प्रालि, नेपाल मुआथाई संघ केन्द्रीय उपाध्यक्ष दीपक गोदार, सहारा युके पूर्व अध्यक्ष कुमार गुरुङ,ुबद्ध एअर,पोखरा महानगर खेलकुद विकास समिति, पोखरा उद्योग वाणिज्य संघ,कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष कुमार गुरुङ, पोखरा उद्योग वाणिज्य संघ, पोखरा १२ का अश्विन कार्कीले सहयोग गर्नेछन् । सहयोगी जोडिने क्रम रोकिएको छैन । थप सहयोगी जोडिनासाथ जानकारी गराउनेनै छौं । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । प्रत्यक्ष प्रसारणको प्रायोजकमा अर्बोड डेस्क कन्सल्टेन्सी र एनएमबी बैंक रहेका छन् ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्च गण्डकीले अनुरोध समेत गरेको छ । मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले समेत अवार्ड कार्यक्रमको तयारीका बारेमा बोलेका थिए ।





Comments

comments

116076