अटो चालकद्वारा दुई महिलाको हत्या

काठमाडौं । अटो चालकले दाङमा शनिबार दिउँसो दुई महिलाको हत्या गरेको खुलेको छ। अटो चालक टेकबहादुर घर्तीले बञ्चरो प्रहार गरी घोराही उपमहानगरपालिका– १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या गरेकोे दाङ प्रहरीले जनाएको छ।

घोराही– १७ का घर्तीले आफ्ना नियमित अटो यात्रु जुपलीलाई भान्सा कोठामा पुगेर हत्या गरेको जनाइएको छ। घर्तीले जुपलीलाई अटोमा घरबाट लैजाने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ। संगीता श्रीमानसंग जुपलीको घरमा भाडामा बस्दै आएकी थिइन्।

प्रहरीले टेकबहादुरलाई थप अनुसन्धमाको लागि नियन्त्रणमा लिएको छ। हत्याको कारण भने खुल्न सकेको छैन।





Comments

comments

116285