Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस नेवा पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धा शनिबार

पोखरा, नेवाः खल, कास्कीको आयोजनामा हुन लागेको छैठौ मिस नेवाः पोखरा नेपाल संवत ११३६ कोे तयारी पुरा भएको छ। मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन्।

सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको प्रतियोगिता संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए। चैत्र ६ गते शनिबार पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुमा भैरबटोलका करिस्मा शाई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका छन्।

कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले मौलिक नेवा संस्कृति, भाषा, भेषभुषा, कला, रहनसहन आदिको संरक्षण र सम्बद्र्धन गर्दै नेवाः समुदायका अविबाहित युवतीहरुलाई यस बारे अवगत गराउने र उनीहरुलाई यो कार्यक्रम मार्फत आफ्नो सक्षमता र आत्मबिश्वासको अभिबृद्धि गर्ने उद्धेश्यले नेवा खल कास्कीले यस कार्यक्रमको आयोजना गर्न लागेको बताए । उनले प्रतियोगितामा सहभागि हुने प्रतियोगीहरुलाई करिब १ महिनाको बिभिन्न किसिमका तालिम प्रदान गरि आफ्नो नेतृत्व र ब्यक्तित्व सक्षमतालाई उजागर गर्ने अवसर प्रदान गर्नु, यस कार्यक्रम मार्फत नेवा समुदायलाई पहिचान स्थापित गर्न एकताबद्ध गराउनु, यस कार्यक्रममा हुने आर्थिक गतिबिधीबाट नेवा खलले गर्ने सांस्कृतिक जागरणको अभियान र भौतिक संरचना निर्माणको लागि टेवा पुर्याउनु नै मिस नेवा पोखरा नेपाल संवत ११३६ को प्रमुख लक्ष्य रहेको बताए।

सहभागीहरुलाई नेवारी मौलिक संस्कृति बारे जानकारी गराउने उद्धेश्यले काठमाण्डौ, बुङ्गमति, ललितपुर र भक्तपुरको साँस्कृतिक भ्रमणमा लगिएको थियो । अहिले सम्म टाइटलका लागि ट्यालेण्ट सो, मौलिक भेषभुषामा फोटोसेसन, प्रि जजिङ्ग जस्ता कार्यहरु सम्पन्न भइसकेका छन । मिस नेवाः पोखरा ११३६ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । यसैगरि बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस, बेस्ट नेवारी ल्याङ्गवेज टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ।

प्रतिस्पर्धीहरुलाई पोखरामा सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेका बिभिन्न ब्यक्तित्वहरुले तालिम प्रदान गरेको संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए । प्रतिस्पर्धीलाई नेपाल जेसिसका पुर्व अध्यक्ष नारायण शर्मा, नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदास, रेडियो अन्नपुर्ण का प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, नेवा खल कास्कीका महासचिब प्रदिप रञ्जित , पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, बिकास, बिक्रम उदासले नेवारी भाषा, नेपालभुषण बैद्यले उद्यमशिलता, ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृति बुद्धि मल्लले बैकिङ्ग, प्रमोद श्रेष्ठले पर्यटन सम्बन्धि तालिम प्रदान गरेका थिए । त्यसैगरि कवि तथा संस्कृतिविद तिर्थ श्रेष्ठले नेवारी कला तथा संस्कृति, अनमोल ताम्राकारले खाना तथा सौन्दर्यबिद मिना गुरुङ्गले सौन्दर्य सम्बन्धि तालिम प्रदान दिएका छन् । कार्यक्रमको कोरियोग्राफी निशा प्रजापतिले गरेका छन्। मिस नेवाका प्रतिस्पर्धीहरुको फोटोसुट सुरज श्रेष्ठले गरेका हुन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

11654