Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेइजिङ सम्झौताले दिल्लीलाई छट्पटि

नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा बित्न नपाउँदै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ।

व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ,‘ तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक, रेल तथा पारवहन सम्झौताबारे प्रवक्तालाई प्रश्न गरेका थिए।‘चीनसँग नेपालले गरेका समझदारी भारतका लागि चूनौती हो कि होइन? भन्ने प्रश्नको जवाफमा पहिलै तयार भएजस्तो स्वरूपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ठ सम्बन्ध प्रष्ट्र पार्न फायल नै पल्टाए।





Comments

comments

Leave a Reply

11711