हङकङको सार्वजनिक अस्पतालका ३० कर्मचारी बिरामी, विभिन्न विभागहरु प्रभावित…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ मे। हङकङको एक सार्वजनिक अस्पतालका करिब ३० कर्मचारीले साइटमा रहेको क्यान्टिनको खाना खाएपछि झाडापखाला र बान्ताको कारण बिरामी बिदा लिएका छन्।

चाइ वानको पामेला युडे नेथर्सोल इस्टर्न अस्पतालले बुधबार राति खाना खाँदा ग्यास्ट्रोएन्टेराइटिसका लक्षण देखिएर बिरामी परेपछि उनीहरुले काम गर्न छोडेको बताइएको छ।

बिरामी बिदाका कारण अस्पतालका विभिन्न विभागहरु प्रभावित भएको अस्पतालले जनाएको छ।

अस्पतालले क्यान्टिन सेवा ठेकेदारलाई दुईवटा क्यान्टिनमा सरसफाइको राम्ररी व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ।

अस्पतालको सङ्क्रमण नियन्त्रण टोलीले बिरामी परेकाहरूबाट थप जानकारी सङ्कलन गर्दै कर्मचारीको साझा क्षेत्र र शौचालयलाई कीटाणुरहित बनाइने अस्पतालका एक प्रवक्ताले बताए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

117279