मोङ कोकमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक र यात्रुको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ मे। मोङ कोकमा आइतबार बिहान मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार एक यात्रुको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।

बिहान करिब २:४५ बजे नाथन रोड र अर्गाइल स्ट्रीटको बीचको चोकमा ठोक्किएपछि मोटरसाइकल चालक २२ वर्षीय चान र यात्रु २४ वर्षीया चेउङ उछिट्टिएर टाढाको फुटपाथमा खसेर गम्भीर घाइते भएका थिए ।

उनीहरु दुबै ह्याङ सेङ बैंकको बाहिर लडेका थिए। उनीहरुलालई क्वाङ वाह अस्पताल लगिएको थियो । चेउङलाई ३.४३ बजे र चानलाई ३.५५ बजे मृत घोषित गरियो।

२७ वर्षीय ट्याक्सी चालक येउङ र ३८ वर्षीय पुरुष यात्रु सेजे पनि घाइते भएका छन् । ६९ वर्षीय पुरुष पैदलयात्री वोङ पनि उडेको भग्नावशेषबाट घाइते भएका छन्।

घटनास्थलमा देखिएअनुसार रगतले लतपतिएको मोटरसाइकलका टुक्रा जमिनभरि छरिएका थिए । फुटपाथको बारको रेलिङ पनि बाङ्गो बनेको छ। स्थानीय मिडियाले समाचारमा भनेको छ।

पश्चिम काउलुन क्षेत्रीय ट्राफिक एकाइद्वारा घटनाबारे अनुसन्धान गरिरहेको छ।





Comments

comments

117520