बेलायतमा इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५औं रजत जयन्ती भब्य रुपमा मनाए

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

२५ मे शनिबार २०२४ का दिन आस्कोट रेसकोर्सको मुख्यहल द पाभिलियन हलमा भब्य रुपमा ब्रिटिश सेनाको बृगेड अफ गोर्खाजमा भर्ति भएको २५ औं वर्षगाँठको अवसरमा रजत जयन्ती (सिल्भर जुबिली) मनाउँदै इन्टेक १९९९ मा भर्ती हुने गोर्खालीहरु र परिवारले शुभकामना र बधाई साटासाट गर्दै खुशियाली मनाए।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

सन् १९९९ सालको जनवरी २१ तारिखमा हजारौं आकांक्षीप्रतिस्पर्धी मध्ये २३० जना छनौटको अन्तिम चरणमा छानिएर भर्ति भएका इन्टेकका गोर्खालीहरुको २५औं वर्षगांठ भब्य रुपमा मनाउने सहमति अनुसार उपयुक्त समय र स्थानको छनौटपछि यो षर्षको कार्यक्रम आयोजक युनिट दोश्रो शाही गोर्खा राइफल्स (2nd Royal Gurkha Rifles) का तर्फबाट इन्टेक १९९९ का सदस्य नवल राईको संयोजकत्वमा भब्य कार्यक्रम स्थल आस्कोट रेसकोर्सको पाभिलियनमा सुन्दर सजावटसहित उत्कृष्ठ तरिकाले कार्यक्रम सम्पन्न भयो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रम हलसम्म पाइपरले पाइपको धुन बजाउँदै सम्पूर्ण सहभागी इन्टेक ९९ र परिवारलाई सम्मानका साथ रातो कार्पेटबाट हल प्रवेश गराईएको थियो। सबै सहभागीहरुलाई आयोजक युनिटले इन्टेक ९९ को पच्चीसौं वर्षगाँठको लोगो भएको खादा र ब्रोच लगाई दिंदै स्वागत गरेको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

बिशेष कार्यक्रमहरु
कार्यक्रम संयोजक नवल राईले सुरक्षा सम्बन्धी जानकारी दिनु भएपछि स्वागत मन्तब्य श्रीमती शर्मिला राईले सम्पूर्ण श्रीमतीहरुको प्रतिनिधित्व गर्दै इन्टेक ९९का सदस्यहरुलाई कार्यक्रममा स्वागत र २५औं बर्षको रजत जयन्तीको अवसरमा सम्पूर्णलाई बधाई अनि शुभकामना दिनु भएको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

अफगानिस्तानमा युद्धका बेला बिद्रोहीहरुले थापेको धरापमा अचानक टेक्दा धराप बिष्फोटनमा परेर घुँडामाथि दुवै खुट्टा गुमाउनु भएका योद्धा हरि बुढा मगरले पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथा सफलतापूर्बक आरोहण गरेर बिश्व किर्तिमानी रेकर्ड राख्न सफल हुनु भएको र इन्टेक ९९ को नाम राख्न सफल हुनु भएकाले उहाँलाई इन्टेक ९९ का तर्फबाट बधाई सहित सम्मान गरिएको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

यस अघि इन्टेक ९९ का याम गुरुङ र अर्का एकजना राई ( उहाँ अहिले स्पेसल एयर सर्भिस special Forces SAS) विशेष सुरक्षा दस्ताको युनिटमा कार्यरत हुनु भएकाले नाम गोप्य राखिएको ) द्वारा सेवारत गोर्खालीहरुको टोलीमा सहभागी भएर गोर्खा भर्तिको २०० बर्षको वर्षगाँठको उपलक्षमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ। हरी बुढा मगरसहित इन्टेक ९९ का तीनजनाले सगरमाथाको शिखरमा पाइला राखी सक्नु भएको छ।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

गोर्खाली खुखुरीले इन्टेक ९९ को विशेष केक संयुक्त रुपमा काटेर पच्चीसौं वर्षगाँठको खुशी साट्दै सहभागीहरुले एक अर्कालाई बधाई र शुभकामना दिनु भएको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

आस्कोट रेसकोर्सको स्टेडियमा बसेर सहभागी सबैको ग्रुप फोटो सेसन पश्चात सेवा प्रदान गर्नु हुने फोटो ग्राफर मोहन सिङ तामाङ् ( पूर्वगोर्खा) र उहाँको टिम, खाना र पेय उपलब्ध गराउनु हुने ओजोन रेस्टुरेन्टका संचालक आनन्द राई ( पूर्वगोर्खा), साज सज्जा (Event Decoration) स्काई इभेन्ट्स प्लानर ( पूर्ब गोर्खाको सन्तान), कार्यक्रममा नृत्य गर्ने छोराछोरीहरु, साउण्ड, डिजे र ब्याण्ड अनि बार टेण्डर सबैलाई आभार पत्र र नगद उपहार दिएर धन्यबादसहित सम्मान गरिएको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

अधिकांश इन्टेक ९९ का सदस्यहरु ब्रिटिश सेनाको सेवाबाट अवकाश पाई सक्नु भएको भए पनि एक दर्जन बढी अधिकृत र केही अन्य सकल र अरु दर्जामा पदोन्नति हुनु भएका गरी झन्डै दुई दर्जन बढी सदस्यहरु अझै सैन्य पेशामा कार्यरत हुनुहुन्छ। प्राय सबै अधिकृतहरुले महत्वपूर्ण भूमिका र जिम्मेवारी सम्हाली रहनु भएको छ त्यस मध्ये हाल दुईजना अधिकृतहरु क्याप्टेन लाख बहादुर गुरुङ र क्याप्टेन बिबेक जंग शाह MBE (Member of British Empire) युकेका राजाका बिशेष गोर्खाली अर्दली अफिसर (Kings Gurkha Orderly Officers, KGOOs) का रुपमा कार्यरत हुनुहुन्छ।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

इन्टेक १९९९ मा भर्ति भएका गोर्खालीहरुले सैनिक क्रमसंख्या (Army Number) 21169962 देखि 21170191 सम्म प्राप्त गरेका थिए। यस मध्य एक जना सदस्य युबराज राई अफगानिस्तानको युद्धका क्रममा विद्रोहीहरूसँगको गोली हानाहानको क्रममा विद्रोहीले अन्धाधुन्द प्रहार गरेको गोली लागेर बीरगति प्राप्त गर्नु भएको थियो भने एकजनाको सडक दुर्घट्ना, एकजनाको आगलागी र अर्को एकजनाको अन्यकारण दु:खद निधन भएको थियो।

यो इन्टेकका सदस्यहरुले ईराक, बोस्निया, कोसोभो (बाल्कान्स), सियरा लिओन, अफगानिस्तानलगायतका देशमा युद्ध र शान्ति स्थापनार्थ शान्ति सेनाका रुपमा तथा लडाईं गर्न ब्रिटिश सेनाका तर्फबाट प्रतिनिधित्व गर्दै तैनाथ भएर सेवा गरेका थिए भने विश्वका धेरै देशहरुमा सैन्य तालिमका सिलसिलामा पुगेर तालिम सम्पन्न गरेका थिए।
धेरै इन्टेकका सदस्यहरुले उच्च सैनिक सम्मानका पदक र तक्मा साथै धेरै कीर्तिमान कायम गर्न सफल हुनु भएको छ।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

२५औं रजत जयन्तीका क्रममा भर्ति भएदेखि अहिले सम्मको उपलब्धि, सहयात्रा, तितामिठा सम्झनाको रुपमा आयोजकका तर्फबाट खोजेर पाएको सम्पूर्ण फोटोहरुको स्लाइड सो आस्कोट रेसकोर्सको मुख्य ठूलो स्क्रिन र कार्यक्रम हल लगायत अन्य स्टलहरुमा उपलब्ध दुई दर्जन बढी स्क्रिनहरुमा लगातार प्रदर्शन गरिएको थियो।

आगामी बर्षको इन्टेक एन्निभर्सरी कार्यक्रम आयोजक युनिट क्विन्स गोर्खा इन्जीनियर ( QGE ) का संयोजकलाई कार्यक्रम गर्ने जिम्मेवारी हस्तान्तरण गर्दै आउने बर्षको कार्यक्रम झन् भब्य रुपमा हुने अपेक्षा रहेको जानकारी दिंदै ब्याण्ड र डिजेको सांगीतिक प्रस्तुतिमा इन्टेक ९९ का सदस्यहरुले दिउँसो दुई बजेदेखि मध्यरातसम्म खुशियाली साट्नु भएको थियो।

भब्य कार्यक्रमलाई मौसमले पनि अत्यन्तै राम्रो साथ् दिएकाले कार्यक्रम झनै रमाइलो भएको थियो।

सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रम अत्यन्तै भब्य र सानदार तरिकाले आयोजना गरेको प्रति आयोजक युनिट २ आरजीआर र कार्यक्रम संयोजक नवल राईप्रति इन्टेक ९९ का सहभागी सदस्यहरुको बधाई र धन्यबाद दिंदै खुशी व्यक्त गर्नु भएको थियो।

फोटोहरु:- मोहन सिङ तामाङ र भूमिराज राई

  • भूमिराज राई
    मेडवे केन्ट युके




Comments

comments

117560