Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आजदेखि शुरु भयो एसएलसी परीक्षा

काठमाडौं, विद्यार्थीहरुका लागि फलामे ढोका भनिदै आएको प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारबाट सुरु भएको छ।

यो परीक्षा ८३ औ संस्करण हो।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको रहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ।

नियमित र आंशिक तथा प्राविधिक धारका गरी ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थी परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रणको कार्यालयले जनाएको छ।

देशभर एक हजार नौ सय ४३ वटा परीक्षा केन्द्र सञ्चालनमा छन्।

लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गरिने भएकाले यस पटकको परीक्षालाई बढी महत्वका साथ हेरिएको छ।

फोटोः नागरिक





Comments

comments

Leave a Reply

11817