Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘बीर विक्रम’का कलाकारहरु युके प्रिमियरको लागि लण्डन आईपुगे

भूमिराज राई / एचकेनेपाल डट कम –
लण्डन, बहुप्रतिक्षित नेपाली फिल्महरुमध्ये निक्कै चर्चाको शिखरमा रहेको ‘वीर विक्रम’को भब्य हङकङ रेड कार्पेट प्रिमियरपछि अब नायिका बस्ने देश युकेको भब्य प्रिमियरको निम्ति कलाकार टोली लण्डन आईपुगेको छ।

निर्देशक मिलन चाम्ससहित नायक दयाहाङ राई र संचारकर्मी नरेश भट्टराईको समुह लण्डन आई पुगेको हो।

आगामी अप्रिल २ तारिख शनिबार दिउँसो २:१५ बजे देखि कार्यक्रम शुरु हुने तयारी यस अघि नै पुरा भएको भएको छ।

कलाकारहरुलाई लिमोजिन कारबाट रेड कार्पेट प्रीमियर हुने अल्डर्सटको प्रिन्सेस हलसम्म ल्याईने छ।

भब्य तामझामसहित आयोजना हुने रेड कार्पेट प्रीमियरमा नब नायिका दिया पुनसहित नायक दयाहाङ राईको उपस्थितिका कारण प्रिमियरको छुट्टै रौनकता थपिने जनाइएको छ।

अहिलेका नम्बर वान नायक दयाहाङ राईको यो पहिलो युके रेडकार्पेट प्रिमियर भएकाले पनि दयाहाङ राईको उपस्थितिलाई बिषेश रुपमा हेरिएको छ।

‘वीर विक्रम’को मुख्य बजार नेपाल भए पनि युकेमा प्रिमियर गर्नुको उद्देश्य भनेको निर्देशकसहित अन्य निर्माण युनिट अधिकांश युकेकै रहनु साथै नायिका पनि युकेकै भएकाले युके प्रीमियरको लागि रोजाई बनेको हो’, निर्देशक चाम्सले युके प्रीमियर बारे खुलासा गरे।

युके प्रीमियरपछि अन्य स्थानहरुमा चलचित्र प्रदर्शन गर्ने नगर्ने बारे निश्चित हुन बाँकी रहेको जानकारी दिँदै युकेमा रहने सम्पूर्ण गोर्खालीसहित सबै नेपाली जनप्रति फिल्म हेरेर आफ्नो प्रतिक्रिया र आशिर्बाद दिन निर्देशक चाम्सले आग्रह गरेका छन्।

‘वीर विक्रम’को युके प्रिमियरको लागि मिडिया पार्टनर अजम्बरी डटकमका तर्फबाट भूमिराज राई संचार संयोजक रहेका छन्।





Comments

comments

Leave a Reply

11819