Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले भोजपुर हल्लाए

एचकेनेपाल डट कम संवाददाता –
भोजपुर। सर्वाधिक व्यस्त र लोकप्रिय गायक राजेशपायल राई शनिवार भोजपुरको वोयामा छमछमी नाच्दै, नचाउंदै भेटिए।

नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रम श्री बुद्ध एकता सामाजिक युवा क्लव बोयाले आयोजना गरेको हो।

कार्यक्रममा राईलाई हेर्न गाउंगाउंबाट हजारौंको संख्यामा बाल, बृद्ध, तन्नेरीको बाग्लो उपस्थिति थियो। राईले उक्त गाउंमा आउन पाउनु आफू भाग्यमानी रहेको बताए।

कार्यक्रममा पायलले नाई नभन्नु ल – २ नाई नभन्नु ल – ४, राम प्यारी, फूलफूलको मौसम तिमीलाई, बाबाई आराखा, दर्शन नमस्ते, मैना राजा मैना रानी, धरान धनकुटा भेडेटार, म त मर्छु कि क्या हो ठूलीलगायत दर्जनौं गीतले मन्त्रमुग्ध पारे।

साथमा स्थानीय कलाकार सुरेन्द्र पुलामी, सुजन बराइली, युनिक राई, जीना दास, विपना राई तथा स्थानीय चर्चित हास्यकलाकार एवं गायक वीरबहादुर लिम्बूको शानदार प्रस्तुती थियो।

यो पनि हेर्नुहोस्





Comments

comments

Leave a Reply

11930